back
CTIZAN AD

लघुकथा : पालुवा

वि.सं.२०८२ चैत २१ शनिवार

771 

shares

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ

विशाल सिमलको टुप्पोमा रहेको कलिलो पालुवाले जमिनतिर हेर्दै भन्यो,
“ओइ, फोहोरी जरेहरू! थुइक्क तिम्रो जिन्दगी ! जहिल्यै अन्धकार र हिलोमा डुब्छौ हैन। मलाई हेर, जिन्दगी त मेरो जस्तो हुनुपर्छ । यी आकाश छुँदैछु, सूर्य आएर जहिल्यै मेरो निधार चुम्छ।”

जमिनमुनिबाट एउटा पाको जराले शान्त आवाजमा भन्यो,
“ठिक भन्यौ नानी, तिमी सुन्दर छ्यौ, हामी काला र फोहोरी छौँ । तर नानी ! तिमीलाई उचाइ दिन र सुन्दरता भर्नमा हाम्रो हात छ भन्ने नभुल।”

खिसीट्युरी गर्दै पालुवा खित्खिताएर हाँस्यो र भन्यो,
“के रे, के रे ? मेरो प्रगतिमा तिम्रो हात छ रे ! कस्तो भद्दा मजाक । कति डाहा गर्छौ हगि, मेरो ? यो सुन्दरता र उचाइमा मेरो आफ्नै मेहनत छ, बुझ्यौ ? यिनीहरूको त अनुहार सम्झिदा पनि घिन लागेर आउँछ, छि: छि:।”

लगत्तै आकाशले आफ्नो अनुहार कालोनिलो पार्‍यो, भीषण हावाहुरीको रूप लियो। घनघोर वर्षा भयो । हावाहुरी, वर्षा थामिँदासम्म रूख साविक स्थानमै ठडिएको थियोे भने पालुवा भुइँमा असरल्ल थियो । हिलोमा गाडिएको पालुवाले हात जोर्दै रूखसँग अनुनय विनय गर्दै भन्यो,
“लौन हजुर ! मलाई बचाउनुहोस्, मेरो उद्धार गर्नुहोस् !”

वि.सं.२०८२ चैत २१ शनिवार ०७:११ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...