back
CTIZAN AD

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

वि.सं.२०८२ चैत २६ बिहीवार

1.8K 

shares

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत ‘सम्झना साँचौला’ सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच चलचित्रकी प्रमुख नायिका मिथिला शर्माले उक्त गीत सार्वजनिक गरेकी हुन्।

कार्यक्रममा चलचित्रका निर्माता तथा निर्देशक प्रेम सोनी सुनार, संगीतकार विवि अनुरागी लगायत कलाकार तथा प्राविधिक टोलीको उल्लेख्य उपस्थिति रहेको थियो।
सार्वजनिक गरिएको गीतमा विशेषगरी विद्यार्थी जीवनका रमाइला, भावनात्मक र सम्झनायोग्य क्षणहरूको जीवन्त चित्रण गरिएको छ, जसले चलचित्रको समग्र कथावस्तुलाई अझ आकर्षक बनाउने विश्वास लिइएको छ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले ‘गूरु आमा’ अहिले सम्म निर्माण भएका नेपालीकथानक चलचित्रभन्दा फरक धारको रहेको बताइन्। उनका अनुसार अधिकांश चलचित्रहरूले दर्शकलाई भावुक बनाएर रुवाउने प्रयास गर्ने भए पनि यस चलचित्रले दर्शकलाई हाँस्न र सकारात्मक सन्देश लिन प्रेरित गर्नेछ।

निर्देशक सुनारले पनि चलचित्र फरक कथा र विषयवस्तुमा आधारित रहेको उल्लेख गर्दै नेपाली चलचित्र क्षेत्रमा नयाँ स्वाद दिने प्रयास गरिएको बताए। उनले दर्शकले नयाँपन महसुस गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, संगीतकार अनुरागीले चलचित्रमा गीत–संगीतको महत्वपूर्ण भूमिका रहने भन्दै ‘सम्झना साँचौला’ पनि कथाको भावअनुसार तयार गरिएको जानकारी दिए। उनका अनुसार गीतले चलचित्रको सन्देश र भावलाई सशक्त रूपमा प्रस्तुत गर्नेछ।

चलचित्रमा बाल कलाकारका रूपमा देखिएकी सुस्मा थापाले पहिलोपटक ठूलो पर्दामा अभिनय गर्ने अवसर पाएको बताउँदै चलचित्रले आफूलाई फरक अनुभव दिलाएको उल्लेख गरिन्। उनले विभिन्न ठाउँका विद्यार्थीहरूको जीवनसँग मेल खाने कथावस्तु भएकाले सबैले चलचित्र हेरेर माया गर्ने विश्वास व्यक्त गरिन्।

निर्माता सुनारका अनुसार ‘गूरु आमा’ आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। उनले सार्वजनिक गरिएको गीत चलचित्रको सानो अंश मात्र भएको उल्लेख गर्दै सम्पूर्ण चलचित्रले दर्शकलाई थप मनोरञ्जन र सन्देश दिने दाबी गरे।

वि.सं.२०८२ चैत २६ बिहीवार १९:४३ मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...