back
CTIZAN AD

टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न

वि.सं.२०७४ पुस १८ मंगलवार

840 

shares

१८ पुस, पोखरा ।  कास्कीको मादी गाउँपालिका वडा नं १२ लिपेयनीमा निर्मित टुनीपानी लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ ।

गाउँमुनि रहेको मूल नजिक ट्याङ्की निर्माण गरी १४६ मिमाथि लिफ्टबाट पानी तानेर पाँच गाउँका ८८ घरपरिवारलाई पानी वितरण गरिएको वडाध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय खानेपानी तथा सुपरीवेक्षण कार्यालयको नगद र जिन्सी गरी रु ५५ लाख र स्थानीय जनश्रमदान गरी खानेपानी योजना सम्पन्न गरिएको हो ।

खानेपानी योजनाबाट लिपेयनी, ओझा, पोखरीगरा, गुरुङ गाउँ, परखेतका बासिन्दा र हिमालय आधारभूत विद्यालय शिक्षक र विद्यार्थीसमेत लाभान्वित भएका छन् ।

वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका ५०० भन्दा बढी स्थानीयवासीलाई खानेपानीको सुविधा पुगेको बताइएको छ ।

वि.सं.२०७४ पुस १८ मंगलवार ०८:४२ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...