नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई बालिकाहरुको शिक्षा प्रयोजनको लागि रु एक लाख बीस हजार रुपैंया प्रदान गरेको छ ।
नबिल बैंकले विगतको ३ वर्ष देखि बालिकाहरुको शिक्षा प्रयोजनको लागि पुर्याउँदै आएको उक्त सहयोगलाई नबिल फाउण्डेसनले निरन्तरता प्रदान गरेको छ ।
नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले हालै सो रकम बराबरको चेक वरिष्ठ समाजसेवी एवं प्रतिष्ठानकी संरक्षक श्रीमती अंगुरबाबा जोशीलाई प्रदान गरेका थिए ।
सो प्रतिष्ठान समाजका विभिन्न समुदायहरु जस्तै दलित, थारु, शेर्पा, नेवार, मगर, क्षेत्री, ब्राम्हण, गुरुङ्ग, तामाङ्ग, राई, मधेसी आदिका बालिकाहरुको शैक्षिक विकासमा गुरुकुल पद्धति द्वारा पठन पाठन गराउने नेपालको एक मात्र कन्या गुरुकुल रहेको छ ।
बालिकाहरुलाई संस्कृत साहित्य तथा वेद, पुराण, उपनिषद जस्ता उच्चकोटीका ग्रन्थहरुको साथै अंग्रेजी भाषा, विज्ञान, कम्प्युटर, ललित कला, नृत्य, योग, ध्यान जस्ता विषयहरुमा पारङ्गत ज्ञान दिलाइ प्राचीन तथा आधुनिक ज्ञानको संयोजन गरी समाजमा बौद्धिक नेतृत्व प्रदान गर्न सक्ने भावी विदुषीहरु उत्पादन गर्न प्रतिष्ठान लागि परेको छ ।
सो अवसरमा अग्रवालले यस्तो पवित्र उद्देश्य बोकेको यस संस्थाको सत्प्रयासमा सहयोगको अवसर पाएकोमा खुशी व्यक्त गर्नुका साथै नबिलको यस सानो सहयोगले प्रतिष्ठानलाईसामाजिक सामाजिक कार्यका क्षेत्रमा सेवा प्रदान गर्न अझ बढी उत्पे्ररणा मिल्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा श्रीमती जोशीले भावी महिला अगुवाहरुलाई निरन्तर रुपमा सहयोग गरेकोमा नबिल फाउण्डेसनलाई धन्यवाद दिंदै आगामी दिनहरुमा अझ बढी प्रभावकारी सेवा प्रदान गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको विचार व्यक्त गरेको पनि निर्देशक रमेश प्रसाद लोहनीले जनाएका छन् ।
वि.सं.२०७४ पुस २१ शुक्रवार ०३:३१ मा प्रकाशित






























