back
CTIZAN AD

राष्ट्रिय प्रारम्भिक शिक्षा प्रभावकारी बन्दै

वि.सं.२०७४ पुस २३ आइतवार

792 

shares

२३ पुस, नेपालगञ्ज  । नेपाल सरकारद्वारा बाँके जिल्लामा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार जिल्लाका सबै ३८१ विद्यालयका कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठनपाठनलाई जगदेखि नै बलियो बनाउने उद्देश्यका साथ सन् २०२० सम्म सो कार्यक्रम सञ्चालनमा ल्याइएको छ । पहिलो चरणअन्तर्गत १६ जिल्लामा लागू गरिएको सो कार्यक्रम बाँके, कञ्चनपुर, कास्की, सप्तरी, मुस्ताङ र भक्तपुरमा सघन कार्यक्रमका रुपमा सञ्चालन हँुदै आएको छ ।

कार्यक्रमअन्तर्गत १ देखि ३ कक्षाका विद्यार्थीलाई सहज शैक्षिक सामग्रीका माध्यमबाट तालीमप्राप्त शिक्षकद्वारा अध्यापन गराइने, विद्यार्थीका अभिभावकसहितको टोली पठाई समूह गठन गरिएको, दौँतरी शिक्षकको व्यवस्था गरिएको तथा विद्यालय व्यवस्थापन समितिको कार्ययोजनाका आधारमा प्रत्येक विद्यालयलाई रु दुई दुई लाख अनुदान सहयोग उपलब्ध गराउँदै आएको बाँके युनेस्कोका अध्यक्ष परवेजअली सिद्धिकीले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म सो कार्यक्रमअन्तर्गत ६७८ टोल पढाइ समूह गठन गरिएको तथा नौ हजार ९२१ दौँतरी शिक्षकको व्यवस्था गरिएको छ । विशेषतः शिक्षाप्रति खासै अभिरुचि नराख्ने जिल्लाका मधेशी र मुसलमान समुदाय बसोबास गर्ने क्षेत्रमा कार्यक्रम प्रभावकारी बनाउने प्रयास गरिएको छ । यसको सकारात्मक प्रयाससमेत अहिले ती समुदायमा देखिएको छ ।

कार्यक्रम थालनी हुनुअघि आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने र पठाए पनि उनीहरुको पढाइप्रति खासै अभिरुचि नराख्ने अभिभावक अहिले शिक्षाप्रति सकारात्मक हुँदै गएको पाइएको सहायक जिशिअ थापा बताउनुहुन्छ ।

वि.सं.२०७४ पुस २३ आइतवार ०६:३५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...