back
CTIZAN AD

कर्णालीमा कृषि र पर्यटन उद्योगको विकास गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

वि.सं.२०७४ माघ ३ बुधवार

951 

shares

 

३ माघ, काठमाडौ । कर्णालीका विभिन्न जिल्लाबाट नवनिर्वाचित जनप्रतिनिधिले त्यस क्षेत्रमा कृषि र पर्यटन उद्योगको विकासका लागि प्रतिबद्धता जनाएका छन् ।

कर्णाली समाज र खाद्यका लागि कृषि अभियानले जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरुले कर्णाली स्रोत र साधनका दृष्टिकोणबाट सम्पन्न भएको भए पनि त्यहाँको विकासमा सरकारले उचित सरोकार राख्न नसकेकामा चिन्ता व्यक्त गरेका थिए ।

कालीकोटबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावतले कर्णाली क्षेत्रमा उच्च भाग, मध्य भाग र बेँसी गरी तीन तह रहेको हुँदा स्थानीय उत्पादनमा पनि सुक्ष्म जैविक विविधता पाइने बताउँदै देशको कृषि योजनाले त्यहाँको सम्पूर्ण क्षेत्रलाई फरक कृषि क्षेत्रका रुपमा विकास गर्न नसकेको उल्लेख गरे ।

कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा गरी पाँच जिल्ला कर्णालीमा पर्दछ, त्यहाँका प्रदेशसभा सदस्य महेन्द्रबहादुर शाही, बल रावल, पदमबहादुर रोकाय, कुर्मरा शाहीनन्दसिंह बुढा र मानसिंह नेपालीले कर्णालीमा उन्नत खाद्य उत्पादन गर्नुपर्नेमा जोड दिँदै वस्तुभाउ, वन र जडीबुटीको एकीकृत व्यवस्थापन गर्नुपर्ने बताए ।

उनीहरुले विगतमा जनप्रतिनिधिको अभावमा त्यहाँ हुँदै आएको खाद्य संकट यसपटक हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

 

वि.सं.२०७४ माघ ३ बुधवार १०:३३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...