१६ माघ, काठमाडौँ । यति बेला सामाजिक सन्जालमा टिपर काण्डको बारेमा बनेका पोष्टठहरु निकै भाईरल बन्दै गएका छन् । टिपर काण्डको बारेमा बनेका मेमेहरु निकै नै चासो पुर्वक हेरिएका छन् तर यसको वास्तिवक रहस्य भने थोरैलाई मात्र थाहा छ ।
यसको रहस्य निकै रोचक छ । पछिल्लो समयमा सडक दुर्घटनाका खबरहरु निकै आईरहेका छन् । अझ भन्ने हो भने मोटर साईकल तथा स्कूटरलाई ठुला टिपर, ट्रकले हान्ने समचारहरु हामी दिनहुँ रुपमा पढिरहेका छौँ । बाईक तथा स्कूटर चालकहरु पनि टिपरसँग निकै डराउने विषयलाई उल्लेख गर्दै मेमे बनाईएको हो । एम्बुलेन्सको साईरनलाई वेवास्ता गर्ने चालक टिपरको हर्नबाट डराउछ् भन्ने विषयले निकै चर्चा पाएको छ । यसलाई एक प्रकारको सामाजिक सचेतनाको रुपमा समेत हेरिएको छ ।
टिपरहरुको वेवास्ताले अचानक ज्यान गएको विषयले सामाजिक सन्जालमा निकै ठुलो बहस चल्नाले सरकार तथा सम्बन्धित निकायमा समेत यसले सचेतना भने अवश्य नै गराउने छ ।
वि.सं.२०७४ माघ १६ मंगलवार ०६:५१ मा प्रकाशित
























