back
CTIZAN AD

केचनाको माटो सगरमाथा पु¥याउन पैदलयात्रा

वि.सं.२०७४ माघ १७ बुधवार

816 

shares

 

१७ माघ, काँकडभिट्टा। काभ्रेका लक्ष्मण सापकोटाले नेपालकै होचो स्थल झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको साहित्यिक आरोहणका लागि पैदलयात्रा शुरु गरेका छन् ।

सापकोटाले केचनाकवलको माटो सगरमाथा पु¥याउने उद्देश्यले पैदल यात्रा आरम्भ गरेका हुन् । झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देन, प्रदेश सांसद वसन्त बानियाँ र केचनाकवल गाउँपालिका अध्यक्ष अन्जार आलमको हातबाट खादा र टीका लगाएर सापकोटाले केचनाकवलबाट मंगलवार ८ः३० बजे यात्रा आरम्भ गरे ।

सापकोटाले साहित्यको क्षेत्रबाट पहिलोपटक सगरमाथा आरोहण गर्न लागेका हुन् । उनले यसअघि सोलुखुम्बुको ६ हजार २०० मिटर अग्लो इम्जात्से र ६ हजार ६५४ मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरिसकेका छन् । ।

उनले २०७१ सालमा मेची–महाकालीको १ हजार २८५ किलोमिटर साहित्यिक दौडसमेत पूरा गरेका छन् ।

सापकोटाले सगरमाथामा आफ्नो उपन्यासको विमोचन गर्ने र चुचुरोमा पुगेर कविता वाचन गर्ने योजना बनाएका छन् ।

वि.सं.२०७४ माघ १७ बुधवार १४:२२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...