back

सुषमाको नेपाल भ्रमण भित्र लुकेको कालो रहस्य

वि.सं.२०७४ माघ २१ आइतवार

582 

shares

पूर्बिय दर्शनका ज्ञाता आचार्य कौटिल्यले राज्य सञ्चालनको नीति सम्बन्धमा एउटा सिद्धान्तको प्रतिपादन गरेका थिए जून सिद्धान्त सप्ताङ्गा थ्योरीका नामले चिर परिचित छ । त्यहि सप्ताङ्गा थ्योरीको एक पाटो हो कूटनीति । कुटनीतिको बिषयमा आचार्य कौटिल्यले बिहंगम र बिषद चर्चा गरेका छन् । उनले राजनीति वा कुनै पनि गम्भीर समस्याको समाधान कूटनीतिमार्फत हुने कुराको ब्याख्या गरेका छन् । तर, कुटनीतिको साइनो राजनीतिसँग नङ र मासुको जस्तै हुने गर्छ । एक देशको राजनीतिक, सामाजिक, सास्कृतिक, र अन्य बिबिध पाटाहरूको सरल सहज तरिकाले समाधान गर्न कुटनीतिको धेरै ठूलो महत्व हुन्छ । कूटनीति दुवै पक्षमा बराबर तहमा चलेको हुनुपर्छ । तर आज सम्मन नेपाल र भारतको राजनीर्ति कूटनीति’ भारतको हेपाह प्रबृति र संसारकै स्वतन्त्र देश नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न चाहने भारतको घिन लाग्दो हर्कतको पर्दाफास हुनु पर्छ ।
सात क्लासमा पढ्दाखेरी विज्ञान बिषयमा बलको परिभाषा घोकाईन्थ्यो । बल भनेको स्थिर अबस्थामा रहेको बस्तुलाई चालमा ल्याउने र चालमा रहेको बस्तुलाई स्थिर अबस्था ल्याउने चेष्टालाई बल भनिन्छ भनेर परिभाषा कण्ठ गर्नु पर्दथ्यो । नेपालको राजनीतिमा त्यहि बल लगाएर भारतले स्थिर अबस्थामा रहेको नेपाल सरकारलाई चालमा ल्याउने र चालमा रहेको नेपाल सरकारलाई स्थिर अबस्थामा ल्याई दिल्ली दर्शन गराएर बिदाई गर्ने प्रचलन बिगत बर्षदेखी चल्दै आएको छ । त्यसकै निरन्तरतामा नेपालको संबिधान २०७२ जारी भएर स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्बाचन सम्पन्न भएपछि बन्न लागेको नयाँ सरकार र भावी प्रधानमन्त्रीको रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्राथमिकता दिएर गरिएको भारतीय बिदेशमन्त्री सुषमा स्वराजको आकस्मिक नेपाल भ्रमणको गुदी र गुथी नेपाली जनताले पर्गेल्नु पर्छ ।
नेपालका राष्ट्रबादी, राष्ट्रघाती, लम्पसारबादी, जे जे भनेर हिजोका दिनमा गीता पाठ गरेझै गाली दिन्थे । ति सबै–सबै राजनीतिक दलका नेताहरु सरकार निर्माणको पूर्वसन्ध्यामा स्वराजको आशीष थापेर दिनभरि राष्ट्रबादका कुरा गरी साझ परेपछी लैनचौरको दर्शन गर्ने पनि धेरै छन् । तर, लैनचोरले नेपाली जनतालाई पटक–पटक जिउदै मारेको हाम्रा सामु छिपेको छैन । दिल्लीले कैयन पटक यो भन्दा पूर्बका भ्रमणहरु पनि सद्भाव भनेर गरिएको नेपालको राजनीतिक इतिहासमा कालकूटको रुपमा दर्ज भएका छन् ।
यस पटकको भ्रमण हिजोका कालकूट भ्रमण भन्दा पनि झन् खतरनाक रहस्यमय र ग म्भिर छ । गम्भिर यसकारण की एक देशको बिदेशमन्त्री बिना एजेन्डा सम्बन्ध सुधारको लागि भन्दै ब्यक्तिगत भ्रमण हो भनि अर्को देशमा जानू र त्यो देशको परराष्ट्र मंत्रालयलाई थाहै नहुनु स्वयं सरकार नभएर एक पार्टी वा कुनै अमुक दलले रात्रि भोज दीनु कुटनीतिको इतिहासमा लज्जानक बिषय हो । एउटा स्वतन्त्र देशका प्रधानमन्त्री भइसकेका ब्यक्तिहरु लाइन लागेर भेट गर्न जानु त्यो देश र जनताको अपमान पनि हो ।
नेपालको संबिधान २०७२ अशोज ३ गते जारी हुनुपूर्ब भारतीय प्रधानमन्त्रीका विशेषदुत बनेर नेपाल आएका बिदेश सचिव यस जयसंकरले संबिधान जारी नगर्न दिएको दबाब धम्कि र त्यो नमाने वापत भारतले लगाएको नाकाबन्दी नेपाली जनताले भुलेका छैनन् र भुल्न सक्ने छैनन् ।
नेपालको संबिधान २०७२ जारी भए पछि भारतको बिदेश मंत्रालयले कयौन विज्ञप्ति निकालेर असहमति मात्रै जनाएन, अन्तराष्ट्रिय जगतलाई समेत तानेर भारतीय प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति निकालेर नेपाललाई अनाबस्यक दबाब दिएर झुकाउने प्रयाश गरेका गरेको पनि हामी सबैलाई ज्ञात भएकै कुरा हो । बाहिरपट्टी मुकुण्डों जस्तै देखाउनलाई मधेशको माग समाधान भएन भनि मधेशीहरुलाई पर्दामा देखाए पनि भित्र चाँही भारतले पोका, पोका बनाएर जवाहरलाल नेहरू, सरदार बल्लभ भाई पटेलदेखी नरेंद्र मोदी सम्मन आई पुग्दा कति पोका सेभेन रेसकोर्स रोड मोदीको कार्यालयमा छन् । कति पोकाहरु दिल्लीको साउथ ब्लक र कति पोकाहरु लैनचोर सम्मन पुगेकाछन् । हामी नेपालीहरुलाई अत्तो, पत्तो छेउ र भेउ पनि छैन । तिनै कालकुटका पोका मध्येको एक पोका थियो । नेपालको संबिधान २०७२ मा भूगोल र जनसंख्याको आधारमा वितरण गरिएको निर्बाचन क्षेत्र जनसंख्याको आधारमा हुनेछ भनि संबिधान जारी भएको नौ दिनमै जनसंख्याको आधारमा निर्बाचन क्षेत्र बनाउ भनि संसोधन प्रस्ताब संसदमा दर्ता हुनु र नेपालको अहित हुने खालको सोही संसोधन प्रस्ताब पारित हुनु ।
आज नेपालमा बाहिरबाट हेर्दा ठूलै परिबर्तन भएजस्तो देखिएपनि पनि जुन सक्तिले माओबादीलाई नौ बर्षसम्म पालेर बाह्रबुदे मार्फत राजनीतिको रिमोट आफ्नो हातमा राख्न सफल भयो । नेपाललाई त्यहि रिमोट कन्ट्रोलभित्र राखी राख्न यो अनैतिक भ्रमण नेपाली जनताको लागि घातक साबित हुन सक्छ ।
अचानक बाम गठबंन्धन बनेर चुनाबको परिणाम बाट झस्केको भारत पुनः नयाँ चरणमा प्रबेश गरेको नेपाल आफ्नो कंट्रोलबाट बाहिर जान नदिन सरकार निर्माणको पूर्ब सन्ध्यामा गरिएको यो अनैतिक भ्रमण भोलीका दिनमा नेपाल र नेपाली जनताका लागि दुर्भया हुन सक्छ ।
संबिधान जारी भए पछि तीनवटै निर्बचन सम्पन्न भएर प्रदेश सरकार र केन्द्र सरकार निर्माणको पूर्ब सम्मुखमा गरिएको यो आकस्मिक भ्रमण र नेकपा एमालेका अध्यक्ष केपी ओली भारतीय नाकाबन्दी देखी चीन नजिक भनि भइरहेको विष्लेषण र अब बन्ने सरकारका प्रधानमन्त्रीको रुपमा हेरिएका पात्रलाई केन्द्र बिन्दु बनाएर गरिएको यो भ्रमण गम्भीर खालको छ ।
यो आकस्मिक भ्रमणले नेपाली राजनीतिमा २०७४ अशोज १७ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनको पूर्ब सन्ध्यामा अप्रत्याशीत रूपले राष्ट्रिय सभागृहबाट नेकपा एमाले र माओबादी केन्द्र बीच चुनाबमा गठबन्धन र चुनाब सम्पन्नपछि एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने छ बुँदे सम्झौता गरिएको थियो । अहिले त्यो सम्झौता पार्टीको सत्ता र सरकारी सत्तामा भाग बन्डा नमिल्दा अलपत्र जस्तै देखिएको छ । त्यसको लागि सुषमाले कुन सूत्र दीइन् त्यो कुरा सुषमासँग वान वान भेट वार्ता गरेका एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानुन । जान्न पाउने अधिकार नेपाली जनताको हो ।
जे–जे कुरा भए पनि ति वार्ताकारहरूको बोली व्यबहार र भोलिको दिनमा तिनीहरुले लिने बाटोले बताउदै जाला तर स्वराजको अकस्कमिक नेपाल भ्रमणले सयौ संका र उपसंकाहरू जन्माएको छ । सुषमा स्वराजको आकस्मिक नेपाल भ्रमण भित्र लुकेको कालो रहस्य र सुषमाको नेपाल भ्रमणको रहस्य विस्तारैं खुल्दै जाला ।

वि.सं.२०७४ माघ २१ आइतवार ०४:४४ मा प्रकाशित

संगत अनुसारको फल

संगत अनुसारको फल

मानिस एउटा सामाजिक प्राणी हो । समाज विना मानिसको घर...

विपत्तिलाई पछाडि छोडेर राष्ट्र पुनर्निर्माणको मार्गमा अग्रसर हौं

विपत्तिलाई पछाडि छोडेर राष्ट्र पुनर्निर्माणको मार्गमा अग्रसर हौं

नेपालको इतिहासमा यहि भाद्र २३ र २४ गतेको दुई दिने...

के संबिधान खारेज गर्नु उचित हुन्छ ?

के संबिधान खारेज गर्नु उचित हुन्छ ?

सम्पुर्ण नेपाली दाजुभाइहरुले केही कुरा गम्भीर भएर सोच्नुपर्छ। हामी उर्लिदो...

सांघाई सम्मेलन : दक्षिण पश्चिमको निगाह र प्रभुत्वबाट मुक्त हुन चाहान्छ भन्ने सन्देश

सांघाई सम्मेलन : दक्षिण पश्चिमको निगाह र प्रभुत्वबाट मुक्त हुन चाहान्छ भन्ने सन्देश

सांघाइ सहयोग संगठनको सम्मेलन सकियो, र यसले एउटा नयाँ अन्तरास्ट्रिय...

जुम्बाको धमाका मच्चाउँदै मर्निङ्ग स्टार

जुम्बाको धमाका मच्चाउँदै मर्निङ्ग स्टार

आजकल राजधानी काठमाडौँका सार्वजनिक ठाउँहरुमा मानिसहरु एकाबिहानै उफ्रने गर्दछन् ।...

एआईसँग वेदमा विज्ञान जोड्नु पर्ने 

एआईसँग वेदमा विज्ञान जोड्नु पर्ने 

सदियौंदेखि वैज्ञानिक र दार्शनिक चिन्तनका क्षेत्रमा वेदिक ज्ञान र आधुनिक...