back

“भोट हालौँ तारामा” भन्दै आयो तिवारीको गीत

वि.सं.२०८२ पुस १४ सोमवार

2.1K 

shares

गीत संगीतको मर्मः
गीत शब्द, भाव र लयको साहित्यिक तथा कलात्मक संयोजन हो। यसमा भावना, कल्पना र सन्देश समेटिएको हुन्छ, जसलाई स्वर र तालसँग मिलाएर प्रस्तुत गरिन्छ। गीतमा शब्दले गीतको भाव, भावले खुसी, दुख, प्रेम र आशा, लयले गीतमा मिठास र लयता र तालले गती र समयको मिलान गरेको हुन्छ। गीतलाइ लोकगीत, आधुनिक गीत, भक्ति गीत र देशभक्तिपूर्ण गीतका रूपमा विभक्त गरिएको पाइन्छ । लोकगीतले जनजीवन र परम्परालाई, आधुनिक गीतले समसामयीक भावना र विषयलाई, भक्ति गीतले धार्मिक तथा अध्यात्मिक भावलाई र देशभक्ति गीतले राष्ट्र प्रेमलाई शब्द, भाव, लय र तालमा संयोजन गरेका हुन्छन्। गीतले मानिसको भावना व्यक्त गर्छ, मनलाई शान्त बनाउँछ, भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्छ, समाजको तस्विर बोल्छ, सकारात्मक सन्देश दिन्छ, विकृति र विसंगतीका विरूद्द खवरदारी गर्छ। गीत समाजको तस्विर हो। शब्दमा पढिन्छ, लय र तालमा गुनगुनाइन्छ र भावमा अर्थबोध गरिन्छ।

मार्क्सवादी दृष्टिमा गीत संगीतः
मार्क्सवाद अनुसार समाजको आधार आर्थिक संरचना अर्थात उत्पादन सम्बन्ध हो भने कला, साहित्य र गीत संगीत सामाजिक चेतनाका रूपहरू हुन्। यसले सामाजमा हुने वर्ग संघर्ष, हरप्रकारका उत्पीडन र परिवर्तनको चाहानालाई प्रतिबिम्वित गर्छ, बोल्दछ। गीत संगीतले समाजमा श्रमिक, किसान र उत्पीडित वर्गलाई उनीहरूको अवस्था बुझ्न र अधिकारका विषयमा सचेत गराउँछ । समाज वर्गीय हुन्छ। वर्गीय समाजमा वर्गीय विभेद हुन्छ त्यसैले गीत संगीतले वर्ग विरोध र संघर्षका माध्यमबाट आन्दोलनको ज्वारभाटा सिर्जना गर्छ, संगठित गर्छ।
मार्क्सवादले कला अभिजात वर्गका लागि होइन, सामान्य जनताका लागि हुनुपर्छ भन्दछ। यसले शोषणरहित समाज, समतामूलक समाज र नयाँ सिर्जनशील समाज निर्माणका लागि प्रेरणा दिन्छ भने समकालिन सामाजिक, आर्थिक समाजको यथार्थतालाई चित्रण गर्दै जनआवाजको अभिव्यक्तिका साथ संघर्षलाई बल प्रदान गर्छ।

नेपालमा गीत संगीतको वर्तमान अवस्थाः
वर्तमानमा गीत संगीतको क्षेत्रमा ठूलो परिवर्तनहरू आएको छन् । विज्ञान तथा प्रविधिमा आएको परिवर्तन, समाजको बनोट तथा बजारको प्रभावले यसको स्वरूप फेरिएको छ । सामाजिक सञ्जाल जस्तो युट्युव, फेसबुक, टिकटक जस्ता डिजिटल प्रविधिले यसको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । परम्परागत गीत संगीतमा प्रेम, प्रकृति र संस्कृतिको संयोजन पाइनेमा वर्तमानमा युवा जीवन, रोजगारी, राजनीति, संघर्ष, आशा र निरासाको झल्को पाइन्छ भने कतिपय गीत संगीतमा समाजको यथार्थ तस्विरको सट्टा बजारमुखी र हल्का र भद्दा मनोरञ्जन समेत देखिन्छ। एकातिर गीत संगीत कलाकारहरूको बाँच्ने आधार समेत बनेको छ भने अर्कोतिर समाजिक चेतना र विरोधको आवाज समेत बनेको छ।

राजनितिमा गीत संगीत
अहिले नेपाली समाजमा गीत संगित केवल मनोरञ्जनको साधन मात्र बनेन, यो राजनीतिक विचार, चेतना र प्रतिरोधको माध्यम समेत बनेको छ । समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमन, आशा र निरासाको अभिव्यक्ति बनेको छ। गीत संगीत मार्फत जनताका अधिकार, स्वतन्त्रता र लोकतन्त्रका आवाजहरू गुनगुनाउन थालिएका छन् । नेपालमा पछिल्लो समयमा गीत संगीतले राजनीतिक बिचारधारालाई अभिव्यक्त गर्न थालेका छन। कलाकारहरूले आफ्नो राजनीतिक अवधारणा गीत संगीत मार्फत अभिव्यक्त गरेका छन् । कहिलेकाहिं कलाकारहरूले राजनितिक प्रतिशोधका कारण सेन्सर, प्रतिबन्ध र दवावको पीडासमेत भोग्नु परेको सुनिन्छ।

जेनजी आन्दोलन पछि नेपालको राजनीतिक घटनाक्रममा परिवर्तन आएको छ। समाज परिवर्तनको नारासहित राजनीतिमा युवा नेतृत्वका आवाजहरू उठिरहेका छन। नयाँ राजनीतिक दलहरुको उदयका साथ एकिकरण र कार्यगत एकताका आधार खडा भएका छन। राजनीतिक दलहरूले आफ्ना राजनीतिक लक्ष्य, उद्देश्य र भावि कार्यक्रमहरूलाई गीत संगीतको माध्यमबाट जनताहरू बिचमा लगी राखेका छन। गीत संगीतको माध्यमबाट मनोरञ्जनात्मक दृष्टिकोणले समाज सचेत र जागरूक त बनेको छ नै, त्यसमा पनि नेपाली कला र साहित्यको क्षेत्रमा नयाँ नयाँ प्रतिभालाई समेत देख्न र सुन्न पाइएको छ। फागुन २१ गते घोषित निर्वाचनलाई लक्षित गरेर राजनीतिक दल र कलाकारहरूले चुनावी गीतहरू जनताका बिच ल्याएका छन जसले दलका भावी निति, योजना र कार्यक्रम बुझ्न सहज समेत बनाएका छन।

भोट हालौँ तारामार्फत तिवारीको गीत
हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल बुद्धिजीवी संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहेका विश्लेषक निलकण्ठ तिवारीले बागमती प्रदेश स्तरीय नेपाली कम्युनिष्ट पार्टी एकताको घोषणा सभाको दिन पारेर काठमाण्डौंमा चुनावी गीत सार्वजनिक गराएका छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री, गणतन्त्र नेपालका सुत्राधार तथा क्रान्ति नायक पुष्षकमल दाहाल प्रचण्डको हातबाट बिमोचित गरिएको ‘भोट हालौँ तारामा’ नामक गीत र शब्द लेखन मार्फत तिवारीले गीत तथा संगीतको क्षेत्रमा पाइला चालेका हुन । नेपाल टेलिकममा अधिकृत तहमा काम समेत गरेका उनले शोषण, दमन, अन्याय र अत्याचार विरूद्द आवाज उठाउदै आएका थिए । जनयुद्दको समयमै पनि आफूलाई क्रान्तिको पक्षमा उभ्याएका एक पात्र थिए उनी।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको संस्थापकसमेत रहेका तिवारीले संगठनमा पनि निरन्तर परिवर्तन र संघर्षका आवाजहरु उठाइरहन्थे। तिवारी कम्युनिष्ट पार्टीको सदस्य मात्र भएर कम्यूनिष्ट भएका होइनन, उनमा भएको विचार, त्याग, संघर्ष र जीवन शैलीले साँचो अर्थमा उनी कम्यूनिष्ट भए। उनको संघर्षको यात्रामा जीवन संगीनी मिना शर्माको योगदान र भूमिकालाई वर्णन गर्न सायद अक्षरहरू कमै रहलान। सायद त्यसैले होला परिवर्तनको सन्देश सहित तिवारीले आउँदो चुनावमा रातो तारामा भोट हालौँ भन्ने गीतमा शब्द कोरेका छन् ।

गीत र कविताको मर्म र भाव शब्द रचनामा खोज्नु पर्छ। तिवारीको शब्द तथा रचना रहेको रातो तारामा भोट हालौं नामक गीत सुन्दा र शब्द हेर्दा संयोजन गरिएका शब्दहरूले देशभक्तिका कुरा, नेपाल र नेपालीको यथार्थ चित्रण, राजनीतिक दलहरूको जनताप्रतिको दायित्व र भूमिका, बलिदानीका किर्ती र कथाहरू, जनयुद्द र जनआन्दोलनले ल्याएका परिवर्तन जस्ता कुराहरू शब्दहरूमा समेटेका छन। राजनीतिक दलहरूमा स्वार्थका कारण टुटफूटको पीडा भोग्न बाध्य नेपालीहरूलाई एकताको सन्देशका साथै गीतमा जेन्जी आन्दोलन आउनुका कारण समेत समेटी हेपाइ, पेलाई, घमण्ड, अहंकार त्याग गर्न र आफ्ना गल्ती र कमजोरीबाट पाठ सिक्दै माटोलाई माया गर्न सुझाएका छन।

सिंहदरवारको अधिकार गाउँसम्म पुर्याउन माओवादीले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका तिवारीले मानवताको उत्थानका लागि, सामाजिक न्याय र समानताका लागि, संविधानले परिकल्पना गरेको शान्ती, समृद्धि र सुशासनका लागि, साँच्चै समाजवाद उन्मुख नेपाल बनाउनका लागि आउने निर्वाचनमा आम मतदाता, नागरिकहरूलाई सचेततापूर्वक सोच्न र विचार गर्न अनुरोध गर्दै समाजवादको गन्तव्यमा पुग्न नेपाली कम्युनिष्ट पार्टी बाहेक अरू नसक्ने ठोकुवा साथ तारा चुनाव चिन्हमा मतदान गर्न सबैमा अनुरोध गरेका छन।

अत्यन्त सरल शब्दमा कोरिएको भोट हालौँ तारामा नामक तिवारीको गीत जनताको मनमा घुल्ने छ। समाजको यथार्थ चित्रणलाई जनताले स्वीकार्ने छन्, शुभकामना सहित लेखन यात्रा निरन्तर जारी रहोस । विशेष डिजीटल स्टुडियोका विजय थापा – संगित, अरेन्ज, मिक्सिङ्ग) तथा नविन खड्का र केशरी घर्ती –एलिना)को स्वरले सुनमा सुगन्ध थपेको छ। उहाँहरुको सांगितीक यात्रा निरन्तर अगाडि बढि रहोस, शुभकामनाका साथै प्रकाशक नेपाल बुद्दिजीवी संगठन, बागमती प्रदेश समितिलाई धन्यवाद । गीत सुन्नलाई यहाँ क्लिक गरौँ । 

(विश्लेषक शर्माले वामपन्थी वुद्दिजीवीका रूपमा कलम चलाउँछन्)

तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक

वि.सं.२०८२ पुस १४ सोमवार ०८:४७ मा प्रकाशित

Himalayan Life AD
जुनकिरी साहित्य समाजको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

जुनकिरी साहित्य समाजको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । जुनकिरी साहित्य समाजले आफ्नो स्थापना भएको एक वर्ष...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...