back
CTIZAN AD

युद्धका कारण विद्यालय लगायतका पूर्वाधारमा क्षति : इरानमा आधाभन्दा बढी क्षतिग्रस्त विद्यालय मर्मत सम्भार : इरान

वि.सं.२०८३ वैशाख ९ बुधवार

462 

shares

तेहरान । अमेरिका र इरना बीचको द्वन्द्वमा इरानका विद्यालय, यातायात नेटवर्क सहित नागरिक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै हाल मर्मत कार्य भई रहेको इरानी मन्त्रीहरूलाई उदृत गर्दै इरना समाचार एजेन्सीले रिपोर्टका गरेको छ ।
इरनाका अनुसार युद्धमा २४ वटा पुलहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

यसैबीच, इरानका शिक्षा मन्त्री अलिरेजा काजेमीले द्वन्द्वमा क्षतिग्रस्त भएका एक हजार ३०० विद्यालयहरू मध्ये ७७५ वटा विद्यालयहरूको मर्मत भइसकेको बताउनु भएको छ ।

यसै गरी बाँकी धेरै क्षतिग्रस्त भएका विद्यालयहरूको मर्मत अक्टोबरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको उनले बताउनु भएको छ ।

उहाँले मिनाबको शाजारेह तैयबेह बालिका विद्यालयमा भएको आक्रमणमा मारिएका १७० जनाको स्मरण र परामर्श सेवाहरूसहित प्रभावित विद्यार्थी र कर्मचारीहरूका लागि आवाश्यक उपायहरूबारे कार्य गरिरहेको प्रकाश पार्नु भएको छ ।

इरानले वार्ताको प्रारम्भका पूर्व शर्त स्थापित गर्दैे अमेरिकाले आफ्नो सैनिक नाकाबंदी समाप्त गरे पछि मात्र वार्तामा संलग्न हुन तयार रेहेको संयुक्त राष्ट्रका राजदूत अमिर सइद इरवानीले बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जारी युद्धविराम बीचमा एकजुट हुन दवाव दिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएएको छ ।

रिपोर्टले ट्रम्पको निर्णयले तेहरानलाई छोटो समय सीमा दिइ हालको युद्धविराम विस्तार गर्न चेतावनी दिइएको छ । ट्रम्पले इरानलाई आफ्नो कुरा एक साथ राख्नका लागि थप तीन देखि पाँच दिनको युद्धविराम गर्न इच्छुक रहेको अमेरिकी स्रोतले जनाएको छ ।(रासस/एएनआई)

वि.सं.२०८३ वैशाख ९ बुधवार १७:०१ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...