back
CTIZAN AD

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

वि.सं.२०८३ वैशाख ९ बुधवार

381 

shares

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

फैसला कार्यान्वयनका लागि पक्राउ परेकाहरुबाट १०१ वर्ष १० महिना १९ दिन कैद भुक्तान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनीहरुबाट रु पाँच करोड ३६ लाख ५४ हजार १७ जरिवाना असुल गरिएको उनले बताए ।

सूचना अधिकारी खनालका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायको सक्रियता आवश्यक छ । उनले भने, “फैसला कार्यान्वयनका लागि प्रहरीले सादा पोसाक र बर्दिमा प्रहरी परिचालन गरिएको छ ।”

गत आवमा फैसला कार्यान्वयनका लागि ५८३ जना पक्राउ परेका थिए । उनीहरुबाट १२७ वर्ष छ महिना तीन दिन कैद भुक्तान भएको थियो । पक्राउ परेका उनीहरुले रु दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना भुक्तान गरेका थिए । फैसला कार्यान्वयनका क्रममा जिल्ला बाहिर कैद तथा जरिवाना भुक्तान गर्नुपर्नेहरुलाई पक्राउ गरिएको सूचना अधिकारी खनालले जानकारी दिए । कार्यालयले चालु आवमा ५३ सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको पाइएको उनले जानकारी दिए ।

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:२६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...