back
CTIZAN AD

सेनाको जागिर छाडेर कृषि फर्मतर्फ

वि.सं.२०८२ पुस ६ आइतवार

2.7K 

shares

ओखलढुङ्गा जिल्लाको दक्षिणी भेगमा अवस्थित गाँउपालिका हो खिजिदेम्बा। प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको यस गाउँपालिकाको नामाकरण खिजी र देम्बा दुई शब्दको संयोजनबाटभएको छ।खिजिको सबैभन्दा अग्लो स्थान देम्बा टाकुरा हो।देम्बा टाकुरालाई स्थानीयहरू थोलेदेम्बा पनि भन्‍ने गर्छन। कोइँच सुनुवार भाषामा देम्बा टाकुराको अर्थ “जमेको चउर” भन्‍ने हुन्छ।यसैलाई आधार मानी यस पालिकाको नामाकरण खिजिदेम्बा भएको पनि भनिन्छ।ठूला, फराकिला फाँटहरु भएको अधिकांश भाग लेकाली र पातलो बस्ती, मिश्रीत हावापानी, घना जंगल, जडिबुटि सहितका विविध बनस्पती, विभिन्‍न वन्यजन्तुसहित लेकाली फाँटहरु भएको यस पालिकाबाट विश्‍वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमश्रृङ्खलाहरूसमेत देख्‍न पाइन्छ।

ओखलढुङ्गा जिल्ला सदरमुकामबाट भौगोलिक रूपमा विकट र दुर्गम स्थानमा पर्ने यस पालिकाको अर्थोपार्जनको स्रोत भनेकैपरम्परागत कृषि उब्जनी हो।पछिल्लो समय स्थानीय बासिन्दाहरूले सञ्चालनमा ल्याएका स्थानीय होटल, व्यापार व्यवसाय तथा पर्यटन क्षेत्रमा गरेका केही लगानीहरूले आय आर्जनको बाटो खोलेको छ।उच्च हिमाली भू-भाग समेत भएकाले यहाँ पाइने जडिबुटीको प्रशोधन समेत आयआर्जनको स्रोत बन्‍न पुगेको छ।परम्परागत कृषि उत्पादन प्रणालीलाई अंगिकार गर्दै आएका यस क्षेत्रमा कृषकहरूले  पछिल्लो समय कृषिमा आधुनिकीकरणको प्रयास गरेको उदाहरणका रूपमा त्यहाँ सञ्चालनमा ल्याइएको माउन्टेन अर्गानिक एग्रीकल्चर फर्मले पनि देखाउँछ।यस आलेखमा एक पौरखी युवाको प्रयासलाई उदाहरण बनाउन खोजिएको छ।

१७९.७७ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको ओखलढुङ्गा जिल्लाको अति विकटतम् गाउँपालिका खिजिदेम्बाको वडा नं. ८ मा पर्ने स्थान हो – भुसिंगा जो सदरमुकामबाट समेत सवारी साधनमा यात्रा गर्न एक दिनको समय लाग्छ।नियमितरूपमा यातायातको साधन नचल्ने र हप्ताको एक/दुई दिन मात्र एउटा मात्र टाटुसुमो मार्फत यात्रा गर्नुपर्ने उक्त विकट स्थानमा पनि नेपाली सेनामा सोह्र वर्षसम्म सेवा गरी अवकास प्राप्त जवान डवलकाजी बस्नेतले उक्त माउन्टेन अर्गानिक एग्रीकल्चर फार्म सञ्चालनमा ल्याएका हुन।करिव डेढ करोडको लगानीबाट सञ्चालनमा ल्याइएको एग्रिकल्चर फार्म सञ्चालनको क्रममा हालसम्म आठ करोडभन्दा बढीको लगानी रहेको कुरा फार्म सञ्चालक डवलकाजी बस्नेत बताउँछन।

करिव दुइसय रोपनी क्षेत्रफलमा सञ्चालनमा ल्याइएको फार्मको नामाकरणबाट नै थाहा हुन्छ कि फार्म कृषिजन्य उत्पादनमा आधारित देखिन्छ।उच्च हिमाली भेगमा कृषि उत्पादनमा आधारित भएर सञ्चालमा ल्याइएकोले यसको नामाकरण माउण्टेन एग्रिकल्चर राखिएको पाइन्छ।कृषि फार्ममा स्थानीय उत्पादन जस्तो किवी, स्याउ, खुर्पाने, आल्मण्ड, हिमाली बुङ्गको आलु, हिमाली सिमी, उवा, जौ, गहुँ, स्थानीय अन्य तरकारी उत्पादन हुनुका साथै ठुलो संख्यामा जर्सी गाई, कुखुरा र हाँसको पालन गरिएको छ।

उच्च हिमाली भेगमा उत्पादित किवी खानका लागि मिठो मात्र होइन, स्वास्थ्यका लागि पनि अति फाइदाजनक र आर्थिक आर्जनको मुख्य स्रोतसमेत भएकाले फार्ममा यसको उत्पादन थालिएको छ।यस समयमा करिव ६ टन जती उत्पादन रहेको फार्मबाट 40 देखि  50 टन उत्पादन गर्ने लक्ष्य राखिएको फार्म सञ्चालक बस्नेतले बताए।किविको दाना खानाको लागि मात्र होइन, यसबाट स्थानीय रूपमै पेय पदार्थ वाइन, रक्सीसमेत उत्पादन गर्ने गरिएको र त्यहाँ जाने अधिकांश विदेशी तथा स्वदेशी पर्यटकहरूको रोजाइमा पर्ने गरेको पाइयो।साथै किविबाट उत्पादित जुस, चकलेट, स्क्वास, जाम फार्मका थप आकर्षण देखिन्छन। फार्मको अर्को महत्वपूर्ण उत्पादन हो – स्याउ।उच्च हिमाली भेगमा उत्पादन भएको हुनाले यहाँको स्याउ अत्यन्त स्वादिष्ट पाइयो।हाल  20 देखि 30 टनसम्म उत्पादन रहेकोमा यसको उत्पादन बढाएर करिव नब्बे टनसम्म पुर्याउने लक्ष्य रहेको पाइन्छ।स्याउ दानाको रूपमा खानमात्र होइन, यसबाट उत्पादन गरिने वा बनाइने रक्सी पनि स्वदेशी तथा विदेशी पर्यटकको रोजाइको विषय बनेको छ।

उच्च हिमाली भेग भएकाले त्यहाँ खुर्पानेको खेती पनि थालिएको छ।खानामा अत्यन्त मिठो, स्वादिलो खर्पानेको फल र यसको उत्पादन त्यस क्षेत्रको मात्र नभएर ‌ओखलढुङ्गा कै आकर्षण बनेको छ विकट त्यस स्थानमा आल्मण्डको खेती तथा उत्पादन पनि शुरू गरिएको छ।अहिले आल्मण्ड उत्पादनका लागि करिव पाँचसय बोटहरू रोपिएका छन।करिव २०० रोपनी क्षेत्रफलमा फैलिएको एग्रिकल्चर फार्ममा हिमाली क्षेत्रमा पाइने सेतो सिमी, अन्यत्र नपाइने विशेष प्रकारको आलु अर्थात बुङ्गको आलुलगायत उवा, जौ, गहुँको उत्पादनसमेत थालिएको छ।उच्च हिमाली क्षेत्रमा पालिएको हुनाले त्यहाँका कुखुरा, हाँस तथा खसी बोकाको स्वाद र मिठास अन्यत्रको भन्दा फरक पाइन्छ।

३८ वर्षकै युवा उमेरमा नेपाली सेनाको जागिरबाट अवकास लिएका डवलकाजी बस्नेतले पैसा कमाउने र भावी जिवन गुजाराको विश्वासिलो आधार कृषि क्षेत्रलाई नै माने।सेनाबाट अवकास लिइ सकेपछि विदेशमा सुरक्षा गार्डका लागि जाने अधिकांश नेपालीहरूको सोंचभन्दा पृथक बस्नेत नेपालमै रहे। अझ त्योभन्दा पनि सदरमुकामबाट अति टाढा र विकट स्थानमा कृषि फार्म सञ्चालन गरी आधुनिक सुखवादी चिन्तनलाई पनि चुनौती दिए। बस्नेतले त्यस ठाउँमा माउण्टेन एग्रिकल्चर फार्म मात्र सञ्चालन गरेका छैनन, त्याहाँ उनले स्वादिष्ट खाना र आरामदायी बास सहितको रिसोर्टसमेत सञ्चालनमा ल्याएका छन। रिसोर्टमा स्थानीय उत्पादनसहितको स्वादिष्ट खानाका परिकारसहित चिसोबाट बच्नका लागि हट सावरको समेत व्यवस्था गरिएको छ भने बैठक तथा कार्यक्रम सञ्चालनका लागि बैठक हलहरुको व्यवस्था गरिएको छ। यस रिसोर्टमा विदेशी तथा स्वदेशी पर्यटकहरूको राम्रो उपस्थिती रहेको देखिन्छ। स्वदेश मै रहेर केहि गर्न सकिन्छ भन्‍नेहरूका लागि बस्नेत एक उदाहरण हुन।

ओखलढुङ्गा जिल्लाको सदरमुकाम सिद्धिचरण नगरपालिकाको छाप भन्‍ने ठाउँबाट एक दिनभरको असहज गाडीको यात्राबाट पुगिने खिजिदेम्बा गाउँपालिकाको यो भुसिंगे भन्‍ने स्थान भौगोलिक, प्राकृतिक, सामाजिक तथा साँस्कृतिक दृष्टिकोणले अत्यन्त पर्यटकिय संभावना रहेको स्थान हो।यातायातको असुविधाको कारण पहिचानबाट त्यो ठाउँ पछाडी परेको छ भने त्यहाँ उत्पादित कृषि उत्पादन, जडिबुटीले बजार पाउन सकेका छैनन।ओखलढुङ्गा जिल्ला मोलुङ्ग गाउँपालिकाका केहि वडाहरू र सोलुखुम्वु जिल्लाको लिखुपिके गाउँपालिकासँग जोडिएको भुसिंगेलाई सडक संजालसँग जोड्न मात्र सकिएमा त्यस क्षेत्रमा विकासको मूल फुट्न सक्ने कुरामा दुविधा नै छैन।तथापी यो स्थान ओखलढुङ्गा र सोलुखुम्वु जिल्लाको सिमानामा पर्ने भएकाले पनि विकासको नजर त्यहाँ पुग्न नसकेको स्थानीयहरू बताउँछन्।

 

वि.सं.२०८२ पुस ६ आइतवार १०:०६ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...