back
CTIZAN AD

सरस्वतीको ‘नथिया’ सार्वजनिक

वि.सं.२०७४ माघ २१ आइतवार

2.1K 

shares

चर्चित कवियत्री सरस्वती प्रतीक्षाको ‘नथिया’ उपन्यास सार्वजनिक भएको छ ।
शनिबार प्रज्ञाप्रतिष्ठानको प्रांगणमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रदेश नं ७ की सांसद् तथा वादी समुदायको हकहितका लागि गाउँदेखि सिंहदरबारसम्मको ४८ दिने लामो आन्दोलनकी अभियन्ता उमादेवि वादीको प्रमुख आतिथ्यता, वरिष्ठ पत्रकार नारायण वाग्ले तथा पत्रकार तथा राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिनाले संयुक्त उपन्यासको रुपमा विमोचन गरेका हुन् ।
विशेषत वादी समुदायको दैनिकी जीवनमा आधारीत रहेर लेखिएको उपन्यास नथियाको विमोचनका क्रममा प्रमुख अतिथि उमादेवी वादीले वादी समुदायको वास्तविक कथा नथियाले बोलेको र हिन्दूधर्मालम्बीको ग्रन्थ रामायण र गीता भएजस्तै वादी समुदायका लागि ‘नथिया’ पनि गीतासरह भएको बताइन् ।


त्यस्तै वरिष्ठ पत्रकार वाग्लेले आसालाग्दो आख्यानकारका रुपमा प्रतिक्षा नथिया लिएर उदाएको बताउँदै उपन्यासले दाङको पक्रैया पु¥याएको तथा हाम्रो देशको चेतनाको ऐना उपन्यासले देखाएको बताए । उनले स्थानीय लवजले उपन्यासलाई झन आकर्षण बनाएको बताए ।
त्यस्तै तिम्सिनाले प्रतीक्षाले उत्कृष्ट उपन्यास ल्याएको बताउँदै सुरुमा सामान्य आंकलन गरेको भएपनि पढ्दै जाँदा उपन्यासले मनै हल्लाइदिएको बताइन् । उनले यत्तिको पावरफुल उपन्यास अहिलेसम्म नभेटेको भन्दै पारिजातपछि उत्कृष्ट रुपमा प्रतिक्षाको नथिया आएको बताइन् ।

त्यस्तै लेखिका प्रतिक्षाले १४–१५ वर्षदेखिका धैर्यताको रुपमा नथियालाई ल्याएको बताइन् । विशेषत वादी समुदायको गाउँदेखि सिंहदरबारसम्मको आन्दोलनले आफूलाई यसैमा आधारीत रहेर उपन्यास लेख्ने प्रेरणा मिलेको बताइन् । उनले अन्य समुदायमा जस्तो छोरा पाउँदा खसी काट्ने चलनको ठिक उल्टो चलन बादी समुदायमा रहेको बताइन् । ‘अन्य समाज भन्दा त्यहाँ ठिक उल्टो हुँदो रहेछ, त्यहाँ छोरीलाई जन्मिदा खसी काटिदो रहेछ,’ उनले भनिन् ‘ किनकी छोरी आर्थिक आम्दानी गर्ने श्रोतको रुपमा लिइदो रहेछ ।’
वादी समुदायको यौनपेशा र त्यसभित्र घट्नै दैनिक घटनाहरुलाई मुख्य आधार बनाएर झण्डै १० वर्षको अन्तरालमा लेखिएको प्रतिक्षाको उपन्यास ‘नथिया’मा वादी समुदायको सिंगो इतिहास पाठकलाई बुझाउने प्रयास गरिएको छ ।
प्रतीक्षाको उपन्यास ‘नथिया’मा पशुपति फिल्मका निर्देशक दिपेन्द्र के खनालले फिल्म बनाउने घोषणा सोहि विमोचन कार्यक्रममा घोषणा गरेका छन् ।

वि.सं.२०७४ माघ २१ आइतवार ०४:०९ मा प्रकाशित

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...