back
CTIZAN AD

कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

वि.सं.२०७४ माघ २२ सोमवार

765 

shares

२२ माघ , अछाम । पूर्व पश्चिम जोड्ने पुष्पलाल मध्य पहाडी लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ ।

मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन अवस्थामा रहेको आयोजना प्रमुख सुरेन्द्र थारले जानकारी दिए । ०६६ सालबाट निर्माण कार्य थालिएको उक्त पुल रु साढे २२ करोडको लागतमा निर्माण सम्पन्न भएको थारले जानकारी दिए ।

पक्की पुल बनेसँगै स्थानीयवासी निकै खुशी भएका छन् । नदी वारपार गर्न ‘फेरी’को साहारा लिएर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो पक्की पुलले गाडी मोटरलाई मात्र हैन हामीलाई पनि आवत जावतमा सजिलो भएको छ स्थानीयवासी मीना नेपालीले खुशी व्यक्त गरे । अछामको बयाला गाविस घर भएकी मीनाले नेपालगन्ज, काठमाडाँै जाने क्रममा कयौँ पटक डुंगाको कठिन यात्रा गरेको सुनायो । अब जोखिमको यात्रा गर्नु पर्दैन खुशी हँुदै उनले भने ।

डुंगाको जोखिमपूर्ण यात्रामा नदी तर्ने क्रममा डुंगा पल्टिएर कयाँै मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौँ आफन्तका खुशी खोसेको थियो कर्णालीले । स्थानीयवासी धनबहादुर बोहरा भने पक्की पुल बनेसँगै अब मालसामान आपूर्ति गर्न मात्र हैन स्थानीयवासीले उत्पादन गरेको तरकारीले पनि बजार पाउनेमा ढुक्क हुनुहुन्छ ।
संघसंस्थाले तरकारी र फलफूल खेती गर्न सिकायो तालीम लियौँ तर बजार नहुँदा स्थानीयवासीले आफूलाई खान पुग्ने गरी मात्र उत्पादन गर्ने गरेको उनले सुनाए । ०६४ सालबाट निर्माण कार्य थालिएको लोकमार्गले पूर्वी नेपालको नुवाकोटदेखि पश्चिम नेपालको बैतडीलाई जोड्नेछ । कूल एक हजार ७८६ किलोमिटर लम्बाइ रहेको पुष्पलाल मध्य पहाडी लोकमार्गले मध्य नेपालका २५ जिल्लाका २१५ बस्तीलाई जोडेको छ । यो आयोजना निर्माणपछि एक करोड जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।

वि.सं.२०७४ माघ २२ सोमवार ०६:५६ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...