२६ माघ, काठमाडौँ । रियल म्याड्रिड तथा पिएसजीका पुर्व खेलाडी डेभिड बेकह्यामले रियल म्याड्रिड र पिएसजी बिचको खेलको विषयमा निकै चाखलाग्दो प्रतिक्रिया दिएका छन् ।
रियल म्याड्रिड र पिएसजी दुवै क्लब बाट वयवसायिक फुटबल खेलेका बेकह्यामले पिएसजी अहिलेको सिजनमा उच्च फर्ममा भएपनि रियल म्याड्रिड च्यम्पियनस लिगको सदाबाहार दाबेदार भएको बताएका छन ।
यो सिजन लालिगामा संघर्षरत रियल म्याड्रिडले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन् । तर नेयमार तथा बाप्पे प्रेरित पिएसजीले निकै राम्रो प्रदर्शन गर्दै आएको छ ।
बेकह्यामले रियलको वर्तमान फर्म खस्केको भएपनि रियलले जसे सुकै नतिजा उल्टाउन सक्ने दाबी गरेका छन् । उनले रियलमा रोनाल्डो जस्ता स्तरीय खेलाडी हुनुले पनि रियल च्याम्पियन्स लिगको सदाबाहार दाबेदार टिम रहेको बताएका छन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ को खेल अन्तर्गत आगामी फेब्रुअरीमा यी दुई टोलीले प्रतिस्पर्धा गर्दै छन् ।
वि.सं.२०७४ माघ २६ शुक्रवार ०५:३० मा प्रकाशित
























