
२८, माघ काठमाडौं । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको तेस्रामे खेलमा नेपालले टस जित्दै फिल्डिङ रोजेको छ । यो सँगै युएई ले केही बेरमा ब्याटिङ गर्न भएको छ ।
वष्नामिवियाको युनाइटेड क्रिकेट क्लब मैदानमा हुने खेललाई वर्षको कारण ३४ ओभरमा झारिएको छ । वर्र्षाको कारण मैदान चिसो भएपछि निर्धारित समय भन्दा खेल ढिलो सुरु हुने भएको हो ।
नेपालले पहिलो खेलमा आयोजक नामिवियालाई १ विकेटले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा ओमनसँग ६ विकेटको हार ब्यहोरेको थियो । नेपालले आजको खेल जितेको खण्डमा विश्वकप छनोट खेल खेल्न पाउन सक्ने सम्भावना बढ्ने छ ।