back
CTIZAN AD

निर्माण कार्य बन्द गर्ने निर्माण व्यवसायीको चेतावनी

वि.सं.२०७४ माघ २८ आइतवार

570 

shares

२८ माघ, विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ ।

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले यहाँ आज पत्रकार सम्मेलन गरी आगामी १५ दिनभित्र बाँकी रकम भुक्तानी नपाएमा रु २०० अर्ब बराबरको नेपाल सरकारका राष्ट्रिय गौरवका आयोजनालगायत अन्य विभिन्न निर्माण कार्य बन्द गर्ने चेतावनी दिए । उनले सरकारअन्तर्गत सडक डिभिजनलगायत निर्माण कार्य गराउने कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

महासंघका महासचि रामशरण देउजाले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब घटाउनुपर्ने वा ऐन कानूनमा उल्लेख भएअनुसार १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएअनुसार क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले निर्माण व्यवसायीलाई भारतलगायत अन्य देशबाट भन्सार छुटमा निर्माण सामग्री आयात गर्न व्यवस्था हुनुपर्ने बताए ।

महासचिव देउजाले निर्माण महासंघअन्तर्गत १२ हजार ५०० निर्माण व्यवसायी तथा संघअन्तर्गतको कार्यमा ११ लाख व्यक्तिले रोजगार पाइरहेको जानकारी दिए ।

महासंघका प्रवक्ता विष्णु बुढाथोकीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने तथा निर्माण कार्यमा व्यवसायीले विनाझन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूचीबमोजिम मूल्य समायोजनको रकम प्राप्त हुनुपर्ने व्यवस्था गरिनुपर्ने माग गरे । (रासस)

वि.सं.२०७४ माघ २८ आइतवार १३:५५ मा प्रकाशित

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

काठमाडौ । सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले...

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

 मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण...

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती । बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र...

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला...

हुरीले घर भत्किँदा महिलाको मृत्यु

हुरीले घर भत्किँदा महिलाको मृत्यु

चन्द्रपुर (रौतहट) । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले...

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको...