back
CTIZAN AD

पचहत्तर प्रतिशत अनुदानमा किसानलाई किबी

वि.सं.२०७४ माघ २८ आइतवार

645 

shares

२८ माघ, त्रिशूली, नुवाकोट । बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ ।

नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो ।
चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्माले जानकारी दिए । नगरपालिकाले नगर क्षेत्रमा दुई हजार २०० किबीको विरुवा यस वर्ष वितरण गर्ने योजना अघि सारेको छ । वडा नं ९ मा २५० बोट बिरुवा एकै व्यक्तिले रोपेको र सामूहिक रुपमा पनि किबी खेती शुरु भएको अधिकृत शर्माले बताए ।

उक्त नगरपालिकाको वडा नं १, ९, ११, र ४ नं वडाको माथिल्लो भेगमा किबी खेती विस्तार गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए । नगरपालिकाले किबी खेतीका लागि यस वर्ष रु तीन लाख बजेटसमेत विनियोजन गरी कार्यक्रम अघि बढाएको छ ।

शिवपुरीमा कृषि उपज प्रदर्शनी

स्थानीय कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतिमा सञ्चालन भएको कृषि उपज प्रदर्शनी सम्पन्न भएको छ ।

स्थानीय किसानले उत्पादन गरेको तरकारी तथा फलफूलको बजारीकरणका लागि गाउँपालिकामा सो प्रदर्शनी गरिएको हो । कृषि क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले आयोजना गरेको सो प्रदर्शनीमा किसानले काउली, गोलभेँडा, बन्दा, सिमी, लसुन, भुइँस्याउ, अदुवा, साग, धनियाँ, केरा, उखु, मुलालगायतका कृषि उपज राखिएको थियो । प्रदर्शनीमा स्थानीय अगुवा किसान रामकुमार थापालाई व्यावसायिक उत्कृष्ट किसानका रुपमा प्लास्टिकको टनेलसहित सम्मान गरिएको थियो ।

तरकारीबालीतर्फ उत्कृष्ट अदुवा आयआर्जन समूहका मिठुदेवी उप्रेती र पञ्चकन्या समूहकी मेनुका पाण्डे, फलफूलतर्फ राम्चे समूहकी रोशनी लामा र मसलाखेतीतर्फ पञ्चकन्या समूहकै भगवती थपलियालाई पुरस्कृत गरिएको थियो । प्रदर्शनीमा १२ वटा आयआर्जन समूहका ४४ किसानद्वारा उत्पादित कृषि उपज राखिएको थियो ।

प्रदर्शनीमा काउली, गोलभेँडा, रायोको साग, अदुवा, मुला मुख्य आकर्षण रहेको कार्यक्रम संयोजक दिलीप खवासले जानकारी दिए । प्रदर्शनीमा सहभागी किसानलाई संस्थाले गोलभेँडा, मुला, काउलीलगायतका तरकारीको बीउसमेत निःशुल्क प्रदान गरेको थियो । शिवपुरी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष पदम थपलियाले कृषिमा बिचौलियाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उनले किसानले भन्दा बिचौलिया मोटाउने प्रवृत्तिले किसान मारमा परेको बताए ।

आयोजक संस्थाको तर्फबाट ग्रामीण स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख डा दुर्गाप्रसाद पौडेलले गरिबी निवारणका लागि समूहमार्फत एकले अर्कोलाई सहयोग गर्दै कृषि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

वि.सं.२०७४ माघ २८ आइतवार ०९:३६ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...