back
CTIZAN AD

रहेनन् प्रजातन्त्र सेनानी पण्डितको

वि.सं.२०७४ फागुन २ बुधवार

792 

shares

२ फागुन, भक्तपुर । प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।
लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आएका पण्डितको मंगलवार राति निजी निवास भक्तपुरको सुँडालमा निधन भएको हो ।
पण्डितले प्रजातान्त्रिक लडाईंका क्रममा पटकपटक गरी १८ वर्ष जेलजीवन बिताएका थिए । उनी जेलमा रहँदा नेपाली काँग्रेसका नेताहरु स्व कृष्णप्रसाद भट्टराई, स्व गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतका नेताहरुको भान्छेका रुपमा समेत काम गरेका थिए ।

नेपाली काँग्रेसको आह्वानमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरे पनि उनी काँग्रेसको कुनै पनि कार्यकारी पदमा भने बस्नु भएन । साथै, कुनै पनि सरकारी लाभको पदमा समेत बस्नु भएन । पण्डितको गएराति नै हिन्दू धार्मिक परम्पराअनुसार दाह संस्कार गरिएको छ ।

यसैबीच, नेपाली काँग्रेस भक्तपुरले पण्डितको निधनले पार्टीलाई अपूरणीय क्षति भएको जनाएको छ । काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले जारी गरेको शोक वक्तव्यमा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी पण्डितको निधनले काँग्रेस भक्तपुरले आफ्नो अभिभावक गुमाएको उल्लेख गर्दै पण्डितको त्याग र बलिदानले पार्टीलाई मार्गदर्शन गर्ने जनाइएको छ ।

वि.सं.२०७४ फागुन २ बुधवार ०४:५५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...