back
CTIZAN AD

सौराहामा ‘फगुवा सांस्कृतिक महोत्सव’

वि.सं.२०७४ फागुन १८ शुक्रवार

774 

shares

१८ फागुन, रत्ननगर, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा बिहीबारदेखि फगुवा सांस्कृतिक महोत्सव शुरु भएको छ ।

थारुहरुको मौलिक संस्कृति जोगाउन चितवनको सौराहामा दोस्रो फगुवा सांस्कृतिक महोत्सव शुरु भएको आयोजक प्याराडाइज युवा क्लबले जनाएको छ ।

आजसम्म चल्ने दुईदिने सो महोत्सवको पहिलो दिन विभिन्न क्षेत्रबाट आएका थारुहरुले आफ्नै वेशभूषामा मौलिक गीत र नृत्य प्रस्तुत गरेका थिए । यस्तै कलाकारले पनि गीतमार्फत मनोरञ्जन दिएको आयोजक प्रतिनिधि दिपेश चौधरीले बताए ।

हराउन लागेको थारुको फगुवा पर्वको जगेर्ना गर्न गतवर्षबाट यहाँ फगुवा महोत्सव मनाउन थालिएको हो । थारुहरुको फगुवा पर्वमा विशेष गरी डम्फु बजाइन्छ ।

पुरुषले डम्फुको तालमा थारुका घर घर गएर फागु खेल्ने अनि मौलिक गीत नृत्य प्रस्तुत गर्छन् । यस्तो परम्परा हराउँदै गएकाले फगुवा महोत्सव गरेर फेरि संरक्षण थालेको स्थानीय थारु अगुवा वासुदेव चौधरीले बताए ।

पहाडी क्षेत्रमा बिहीबार र तराईमा आज शुक्रबार फागु पर्व मनाउने गरिन्छ । चितवनमा दुवै दिन फागु मनाउने गरिन्छ । महोत्सवमा थारुहरुले डम्फु नाच, झर्रा नाच, लाठी नाच पनि प्रस्तुत गरिरहेका छन् ।

अब हरेक पर्वमा कुनै न कुनै कार्यक्रम गरेर नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने योजना रहेको थारु अगुवा वीरेन्द्र चौधरी बताउनुहुन्छ । महोत्सवमा मिलन लामा, मनोज चौधरी, अमित चौधरी केशवराज महतोलगायत कलाकारले गीत–संगीत प्रस्तुत गरिरहेका छन् ।

महोत्सव उद्घाटनका क्रममा विभिन्न क्षेत्रबाट थारु संस्कृति र सामाजिक एवं संरक्षणमा विशिष्ट योगदान पु¥याउने डा गौरीराम महतो, डा सञ्जय चौधरी, हर्क लामा, सुमित्रा महतो र थारु आन्दोलनका घाइते सञ्जिव महतोलाई सम्मान गरिएको थियो ।

महोत्सवअन्तर्गत साँझ यहाँ थारुहरुको परम्पराअनुसार चिर पोलेर फगुवा पर्वसमेत मनाइएको सांस्कृतिक कार्यक्रम संयोजक दिपेश चौधरीले जानकारी दिए ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार १०:२९ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...