back
CTIZAN AD

२ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने

वि.सं.२०७४ फागुन १८ शुक्रवार

837 

shares

१८ फागुन, काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले मधेशी जनताको भावनानुरुप संविधानमा संशोधन हुनुपर्नेमा जोड दिँदै सरकारमा जाने कुरा आफूहरुको दोस्रो प्राथमिकता भएको बताए । फोरमका महासचिव रामसहाय यादवले ‘अधुरो र अपूरो’ संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नेकपा (एमाले)बाट नआएसम्म सरकारमा नजाने बताए । उनले २ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने पनि बताए ।

राजपाका नेता मनिष सुमनले वाम गठबन्धनले फोरमसँग गम्भीर रुपमा वार्ता गरिरहेको भए पनि आफूहरुलाई भने बेवास्ता गरेको गुनासो गर्दै मधेश आन्दोलन शब्द संविधानमा लेख्न कन्जुस्याइँ गरिएको बताए ।

एमालेका नेता रवीन्द्र अधिकारीले मुलुक समृद्ध बनाउन फोरम र राजपालाई सरकारमा ल्याइने कसरत भइरहेको बताए । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले सरकारमा सामेल भई संविधान संशोधनका लागि छलफल गर्न मधेशी नेतालाई आग्रह गरे । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले देशलाई पाँच वर्षभित्र आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने बताउँदै पार्टीभित्र बृहत् एकता आवश्यक भएकाले काँग्रसलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७४ फागुन १८ शुक्रवार १४:०४ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...