back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

वि.सं.२०७४ चैत ९ शुक्रवार

849 

shares

९ चैत, धनगढी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा से ५ प ४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

दुर्घटनाबाट घाइते दुई जनामध्ये एक जनाको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा र अर्का एक जनाको टीकापुर अस्पताल पु¥याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो मोटरसाइकल विपरीत दिशाबाट गइरहेको से २ प ७९८१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका से २ प ७९८१ नं का मोटरसाइकलका चालक कञ्चनपुर बेलौरीका दीपक चौधरीलाई पनि कोहलपुर मेडिकल कलेज उपचार भइरहेको छ ।

वि.सं.२०७४ चैत ९ शुक्रवार १५:५९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...