back
CTIZAN AD

मेचीनगरको वडा नं १० मा दुई पार्टीबीच एकीकरण

वि.सं.२०७५ वैशाख ९ आइतवार

741 

shares

काँकडभिट्टा, ९ वैशाख केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो ।
पार्टीको केन्द्रीय नेतृत्वले आजकै अवसर पारेर एकीकरण गर्ने पहिल्यै घोषणा गरिसके पनि हाल केही विषयमा अलमल भइरहेको देखिँदा केन्द्रमा समेत दवाव सिर्जना गर्न वडा तहमा दुबै कमिटी गाभेर नयाँ कमिटी घोषणा गरिएको एमाले झापा जिल्ला कमिटीका सल्लाहकार सदस्य भीम खवासले बताए ।
आज बिहान धुलावारी बजारमा दुबै पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा ¥याली निकाल्नुका साथै कोणसभा र पत्रकार सम्मेलन गरेका छन् ।
कोणसभामा प्रकाश खड्काको संयोजकत्वमा ७७ सदस्यीय नयाँ कमिटी घोषणा गरिएको थियो । खड्का यसअघि एमाले मेचीनगर वडा नं १० का अध्यक्ष थिए ।
यसअघि माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष रहेका दलबहादुर कट्टेलले केन्द्रमा एकीकरण गर्न विलम्ब भएकाले स्थानीय कार्यकर्ता र शुभेच्छुकहरुको आग्रह अनुसार वडा तहमा स्वतःस्फुर्त एकीकरण गरिएको बताए ।
माओवादी केन्द्रका नेता हृदय राजवंशीले केन्द्रमा आज एकीकरण हुने भनी पहिल्यै तय भइसकेको कार्यक्रम पदीय भागवण्डाको निहुँमा अवरुद्ध हुँदा जनता असन्तुष्ट रहेको जनाउँदै एउटै पार्टी निर्माण गर्ने भनेपछि भागवण्डा बाधक हुन नपर्ने धारणा व्यक्त गरेका छन् ।
आज एकीकरण गरिएको वडा कमिटीका संयोजक प्रकाश खड्काका अनुसार गत चुनावमार्फत एकीकरणलाई अनुमोदन गरिसकेका जनताको अब पर्खिने धैर्य टुटिसकेको जिकीर गर्दै आजदेखि आफ्नो वडामा एमाले र माओवादी दुबै पार्टीको पुरानो कमिटी स्वतः निष्क्रिय भएका छन् ।

वि.सं.२०७५ वैशाख ९ आइतवार १७:१२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...