back
CTIZAN AD

समुदायको पहलमा २५ लाखको अक्षयकोष स्थापना

वि.सं.२०७५ वैशाख १० सोमवार

699 

shares

१० वैशाख, बाबियाचौर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा रु २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दी भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयवासीको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।
स्थानीयवासी, प्रवासी, युवा क्लब, आमा समूहको पहलमा स्थापित कोषमा दाताबाट थप सहयोग प्राप्त हुने क्रम जारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजाले बताए । आधारभूत तहका चार र बालशिक्षा सहयोगी कार्यकर्तासहित १–५ तहका चारजना शिक्षकमध्ये तीनजनाले उपल्लो तहमा अध्यापन गराउँछन् । कक्षा ८ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करीब १०० जना विद्यार्थी अध्ययनरत छन् ।

गाउँ, देशका विभिन्न शहरमा बसोबास गर्ने र रोजगार, पेशा, व्यवसाय, अध्ययनका लागि प्रवासमा रहेका राम्चेवासीले विवाह, जन्मदिनको अवसरका साथै आफन्तको स्मृतिमा विद्यालयको अक्षयकोषका लागि सहयोग गर्दैआएका गर्बुजालबताउका छन् ।

वि.सं.२०७५ वैशाख १० सोमवार १२:३४ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...