back
CTIZAN AD

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

वि.सं.२०७५ वैशाख १४ शुक्रवार

636 

shares

१४ बैशाख, काठमाडौंँ । बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोलीमा समाजका अध्यक्ष पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, पुष्पा खनाल, वरिष्ठ कवि मञ्जुल, समाजका सदस्यहरू सरस्वती शर्मा ‘जिज्ञास’, नवराज पुडासैनी ‘ज्योत्सना’, मोहन चापागाइँ, रेखा कणेंल, दुर्गादेवी चापागाइँ र साहित्यकार सुस्मिता नेपाल सहभागी छन् ।

नेपाल स्रष्टा समाज र बङ्गलादेशका साहित्यिक संस्थाहरूबीच १० वर्षदेखि साहित्य तथा सांस्कृतिक आदानप्रदानका विषयमा सहकार्य हुँदै आएको छ । यसअघि पनि यसप्रकारका भ्रमणहरू सम्पन्न भइसकेका छन् भने नेपाली साहित्यलाई बंगाली भाषा रबंगाली साहित्यलाई नेपाली भाषामा अनुवाद गरी विभिन्न साहित्यिक कृति पनि प्रकाशित भएका छन् ।

यसैबीच, नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मोफसलको साहित्यिक गतिविधि, साहित्यिक संस्थाहरुलाई दिगोरूपमा कसरी चलाउने, नेपाली स्रष्टाहरूलाई विदेशमा रहेका स्रष्टाहरूसँग कसरी अन्तक्र्रिया गराउने, बङ्ग्लादेशसँग समाजले सहकार्य गरेझैं अन्य दक्षिण एसियाली देशमा नेपाली साहित्य कसरी आदानप्रदान गर्नेजस्ता विभिन्न पक्षमा स्रष्टाहरूले आ–आफ्ना धारणा राखेका थिए ।

समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले समाजले देशको साहित्यिक क्षेत्रको विकासमा पु¥याएको योेगदान महत्वपूर्ण रहेको बताउँदै पश्चिम नेपालतिर पनि आफ्ना कार्यक्रमहरू र सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विधान आचार्य, चेतनाथ कणेल ‘हरित’, पुष्पा खनाल, गोकुल अधिकारी, नवराज तिमिल्सिना, राधिका गुरागाईं, रमेशजङ्ग थापा, गोपाल अश्क, रञ्जना निरौला, हरि सुवेदीलगायतका स्रष्टाहरूले आफ्ना धारणा रखेका थिए । समाजमा हाल देशभर छरिएर रहेका १५५ जना साहित्यकार संलग्न छन् ।

वि.सं.२०७५ वैशाख १४ शुक्रवार १४:३५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...