१४ वैशाख,विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलेसरकारले जातीय र समुुदायको मौलिक पहिचानको संरक्षणका लागि छिट्टै संग्रहालय निमार्ण शुरु गर्ने बताएका छन् ।
मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नेपाल गनगाई कल्याण परिषदको नवनिर्मित सामुदायिक भवनको आज उद्घाटन गर्दै उनले सबै जातजाति र समुुदायलाई विकासको मूल प्रवाहमा ल्याउने गरी प्रदेश सरकारले आर्थिक समृद्धिका योजना ल्याउन लागेको जानकारी दिए । गनगाई समुदायको रु ३५ लाखको लागतमा उक्त सामुदायिक भवनको निर्माण गरिएको संस्थाका महासचिव सुरेशसिंह गनगाईले जानकारी दिए ।
वि.सं.२०७५ वैशाख १४ शुक्रवार २०:४४ मा प्रकाशित




























