back
CTIZAN AD

अंग्रेजी भाषामा पठनपाठन शुरुभएपछि विद्यार्थीको आकर्षण बढ्दो

वि.सं.२०७५ वैशाख १५ शनिवार

786 

shares

खगेन्द्रप्रसाद घिमिरे(रासस)

१५ वैशाख, धनकुटा  । जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ ।

धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अंग्रेजी भाषाबाट पठनपाठन शुरु गर्न थालेका छन् ।

विद्यार्थी संख्या अति न्यून हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालयले अंग्रजी भाषामा पठनपाठन शुरु गर्न थालेका हुन् ।

जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रायःजसो सबै सामुदायिक विद्यालयले नर्सरीदेखि कक्षा ३ सम्म यस शैक्षिक सत्रदेखि निजी विद्यालयले पढाउने अंग्रेजी भाषाका पाठ्यपुस्तक ल्याएर पठनपाठन थालेका जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ ।

विद्यालयमा अंग्रेजी माध्यम शुरु भएसँगै निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुनथालेको मार्गेश्वरी प्राथमिक विद्यालय धनकुटाका शिक्षक टेकबहादुर खत्रीले बताए ।

जिल्लाका विभिन्न प्राथमिक विद्यालयमा बालविकास कार्यक्रम एवं शिशु कक्षा सञ्चालन भएका विद्यालयमा नर्सरी, एलकेजी, यु केजी नामाकरण गरी अंग्रेजी माध्यममा पढाई थालिएको छ । विद्यार्थी अभावमा समायोजन हुन लागेका विद्यालय समेत अंग्रजी माध्यमबाट पठनपाठन शुरु भएपछि विद्यार्थीको अध्याधिकचाप बढेको ज्वालादेवी प्राथमिक विद्यालय सेउलेका प्रधनाध्यापक रामहरि सुवेदीले बताए ।

सस्तो र घरपाएक गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएसंगै अभिभावको सक्रियता र बालबालिका आर्कषण यसप्रति ह्वातै बढेको धनकुटा नगरपालिका भिरगाउँस्थित श्रीमान टंक माध्यामिक विद्यालयका प्रधानाध्यापक वासुदेव निरौलाले बताए ।

जिल्लामा रहेका हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने छुट्टै दुई जनाशिक्षक व्यवस्था गरेका धनकुटा नगरपालिका– ३ का वडाअध्यक्ष विकाश घिमिरेले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय अभिभावकले नर्सरीदेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकालाई छुट्टै विद्यालय पोसाक र शैक्षिक सामग्री समेत उपलब्ध गराउन थालेका छन् ।

जिल्ला शिक्षा कार्यालयको सर्वेक्षणमा जिल्लाका चार सय १२ सामुदायिक विद्यालयमध्ये १६ वटा समयोजन भएपनि थप चार दर्जन विद्यालय बन्द हुने जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले बताए ।

शिक्षा नियमावलीमा पहाडी क्षेत्रमा ४० विद्यार्थी बराबर एक शिक्षक तोकिएको भएपनि अतिन्यून विद्यार्थीका कारण सो नियमावली कार्यान्वयन हुन सकेको छैन । शिक्षा विभागले २० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गर्न निर्देशन दिएपनि सो पनि कार्यान्वयन नभएको जिल्ला शिक्षा अधिकारी थापाले बताए ।

कुल दुई सय ९६ सामुदायिक र ३० संस्थागत विद्यालय रहेको जिल्लामा शिक्षा क्षेत्रमा हुने अत्यधिक राजनीति, शिक्षकको लापरवाही र अंग्रेजी भाषातर्फ सर्वसाधरणको आकर्षणलगायतका कारणले सामुदायिक विद्यालयप्रतिको आकर्षण कम हुँदै गएको र अहिले त्यसमा व्यापक सुधार भइरहेको राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठले बताए ।

वि.सं.२०७५ वैशाख १५ शनिवार १५:२९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...