झापा । हालै लिम्बुवान पार्टी नेपालको ५ पार्टी एकता पछिको पहिलो एकता महाधिवेशन झापाको दमकमा सकियो । महाधिवेशनमा पनि नेताहरुमा भागवण्डाको विवाद उत्कर्षमा पुग्यो , तर पनि सर्वसहमतिले नै नेतृत्व चयन ग¥यो । नेतृत्व चयन त भयो तर पार्टीका सर्वोच्च नेता कमल छाराहाङले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरे । पार्टी परित्याग गरेका छाराहाङले आफू स्वतन्त्र नागरिकका रुपमा रहने बताए । तर वास्तविकता केलाउँदा उनको नाम महाधिवेशनको दौरानमा अध्यक्षका रुपमा चर्चामा थियो तर उनलाई अध्यक्ष पद दिन नसक्ने भए पछि बुनिएको तुनावुनाको सिकार भए उनी, सोहि कारणले उनले पार्टी परित्यागको घोषणा गरेको लिम्बुवानी नेताहरुले बताए ।
पार्टी एकता पछि भएको पहिलो महाधिवेशनबाट सर्वसम्मत रुपमा संञ्जुहाङ पालुङ्वा अध्यक्षमा निर्वाचित भएका छन् । उनीसँग लिम्बुवान आन्दोलनका विषयमा हाम्रा झापा सम्बाददाता अनिल वाग्लेले गरेको कुराकानी…
तपाईको अध्यक्षतामा पार्टी बन्यो नी, लिम्बुवान आन्दोलन अव कसरी अघि बढ्छ ?
लिम्बुवानको इतिहास लामो छ, मेरो नेतृत्वमा पार्टी बन्यो । अधिवेशन पछि अव सबै लिम्बुवान क्षेत्रका लिम्बु र गैर लिम्बु एक भएर जानुपर्छ । सबै जुट्नु पर्छ । कार्यकर्ता एक भएर जानु पर्छ । जसका लागि हामी लाग्नेछौं ।
एकता महाधिवेशनमा नै महत्वपूर्ण मानिएका नेता कमल छाराहाङले पार्टी परित्याग गरे नी तपाईहरु बीच नै मेल छैन ? कसरी लिम्बु– गैरलिम्बु समेटिएलान् नी ?
पार्टीमा सामान्य असन्तुष्टि रहन्छन् । कमल छाराहाङले पार्टी परित्यागको घोषणा गर्नुभयो । हामीले उहाँको टिमलाई पार्टीको विभिन्न पदमा अटाएका थियौं । नेतृत्व उहाँलाई दिन पनि राजी थियौं तर उहाँको विग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उनलाई नेतृत्व महाधिवेशन प्रतिनिधीले नदिएका हुन् । तर सम्मानजनक स्थान भने दिएका थियौं । ११५ सदस्यीय केन्द्रीय समितिमा ९३ जना आइसकेका छन् । कमलजीको टिमको पनि त्यहाँ गतिलो उपस्थिति छ । उहाँको असन्तुष्टि छ भने टेवलमा बसौं हल हुन सक्छ । तर उहाँले त्यसो गर्नु भएन । लिम्बुवान आन्दोलनका लागि सबै एक हुनुको विकल्प छैन । म कुमार लिङदेन र कमल छाराहाङलाई यसै पत्रिका मार्फत सम्बादमा आउन औपचारिक आग्रह गर्छु । लिम्बुवान आन्दोलन निष्कर्षमा पु¥याउन हामी एकै ठाउँमा हुन जरुरी छ ।
देशमा हुन लागेको आसन्न निर्वाचनमा सहभागी हुने की नहुने ?
हामीलाई यो संविधान नै मान्य छैन । लिम्बुवान राज्य पहिले सुनिश्चित हुनुपर्छ । यो अवस्थामा हामी निर्वाचनमा नै जाँदैनौं ।