back
CTIZAN AD

अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी गर्ने समुह पक्राउ

वि.सं.२०७३ असोज १२ बुधवार

1.7K 

shares

१२ असोज, काठमाडौँ । गत भदौ २४ गते तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीमा रहेको घरमा जबर्जस्ती प्रवेश गरी चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही, पिडाडी गाविस घर भई हाल पेप्सीकोला बस्दै आएका रञ्जितप्रसाद गुप्ता र महोत्तरी, मेघनाथ घोरन्ना गाविस घर भई पेप्सीकोलामै बस्दै आएका ‘प्रमानन्द’ भन्ने प्रचण्ड प्रताप सिंहलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो ।

सो समूह जबर्जस्ती प्रवेश गरी घरको माथिल्लो तलाको कोठामा रहेको ठाकुरको ब्रिफकेस चोरी गरी फरार रहेको थियो । ब्रिफकेस चोरी फरार रहने क्रममा अध्यक्ष ठाकुरकी छोरी डा मिनाक्षी ठाकुर (झा)लाई खुकुरी देखाई आक्रमण गर्नुका साथै खुर्सानीको धुलोसमेत फ्याँकेको प्रहरीले जनाएको छ ।

पक्राउ भएका दुवै जनाले योजनाबद्ध तवरबाट जबर्जस्ती घुसेर चोरी गरेको र आएको रकम बाँडेर खाने योजना बनाएको प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि आज महानगरीय प्रहरी वृत्त, सानोठिमी भक्तपुर पठाइएको महाशाखाले जनाएको छ ।

वि.सं.२०७३ असोज १२ बुधवार ०३:२७ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...