Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

कलाकार राईको उपचार सहयोगको लागि सांगीतिक कार्यक्रम



१२ असोज, काठमाण्डौं । कलेजो रोगबाट पीडित कलाकार मनोज राईको उपचारको लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक लोकतान्त्रिक कलाकार समाजले मंगलबार संवाद डबलीमा सांगीतिक
कार्यक्रम आयोजना गरेको हो । विभिन्न विधाका कलाकारहरुले आफ्नो प्रस्तुती
प्रस्तुत गरेका थिए । आर्थिक अभावका कारण कलाकार राईको उपचार गर्न नसकेका कलाकार राईलाई सहयोग जुटाउने अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएका आयोजक कलाकार समाजका अध्यक्ष गोरख राईले बताए ।

समाजिक लोकतान्त्रिक पार्टी निकट कलाकार समाजले आयोजना गरेको कार्यक्रममा कलाकार देमिन राई, ज्ञानु गुरुङ, संगिता मेखा राई, मेनुका राई, सुनिता राईलगायत कलाकारहरुले प्रस्तुति प्रस्तुत गरेका थिए ।कार्यक्रममा जुटेको सहयोग हस्तान्त्रण गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले स्वास्थ्य अधिकार जन्मसिद्ध अधिकार भए पनि नेपालमा राज्य गैरजिम्मेवार भएका कारण नागरिकले आकालमै ज्यान गुमाउनु
परेको बताए । उनले कलाकार राईको जीवन रक्षाको लागि गरिएको कार्यक्रम उदाहरणीय भएको बताए ।
कार्यक्रममा उठेको १३ हजार रुपैयाँ पीडित कालाकार राईलाई हस्तान्त्रण
गरिएको थियो । सहयोग रकम बुझ्दै पीडित कलाकार राईले आफूलाई अप्ठ्यारो पर्दा सबै कलाकार जुटेकोले खुशी लागेको भन्दै रोगलाई जित्ने मनोवल बढेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी