back
CTIZAN AD

कलाकार राईको उपचार सहयोगको लागि सांगीतिक कार्यक्रम

वि.सं.२०७३ असोज १२ बुधवार

1.4K 

shares

१२ असोज, काठमाण्डौं । कलेजो रोगबाट पीडित कलाकार मनोज राईको उपचारको लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक लोकतान्त्रिक कलाकार समाजले मंगलबार संवाद डबलीमा सांगीतिक
कार्यक्रम आयोजना गरेको हो । विभिन्न विधाका कलाकारहरुले आफ्नो प्रस्तुती
प्रस्तुत गरेका थिए । आर्थिक अभावका कारण कलाकार राईको उपचार गर्न नसकेका कलाकार राईलाई सहयोग जुटाउने अभियान अन्तरगत कार्यक्रम आयोजना गरिएका आयोजक कलाकार समाजका अध्यक्ष गोरख राईले बताए ।

समाजिक लोकतान्त्रिक पार्टी निकट कलाकार समाजले आयोजना गरेको कार्यक्रममा कलाकार देमिन राई, ज्ञानु गुरुङ, संगिता मेखा राई, मेनुका राई, सुनिता राईलगायत कलाकारहरुले प्रस्तुति प्रस्तुत गरेका थिए ।कार्यक्रममा जुटेको सहयोग हस्तान्त्रण गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले स्वास्थ्य अधिकार जन्मसिद्ध अधिकार भए पनि नेपालमा राज्य गैरजिम्मेवार भएका कारण नागरिकले आकालमै ज्यान गुमाउनु
परेको बताए । उनले कलाकार राईको जीवन रक्षाको लागि गरिएको कार्यक्रम उदाहरणीय भएको बताए ।
कार्यक्रममा उठेको १३ हजार रुपैयाँ पीडित कालाकार राईलाई हस्तान्त्रण
गरिएको थियो । सहयोग रकम बुझ्दै पीडित कलाकार राईले आफूलाई अप्ठ्यारो पर्दा सबै कलाकार जुटेकोले खुशी लागेको भन्दै रोगलाई जित्ने मनोवल बढेको बताए ।

वि.सं.२०७३ असोज १२ बुधवार ०७:३४ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...