back
CTIZAN AD

निगमको दसैँ लक्षित उडान सुरु

वि.सं.२०७३ असोज १२ बुधवार

1.2K 

shares

१२ असोज,काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ ।

दसैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार निगमको जहालले बिहान ६ः३० बजे पोखरा र १०ः३० बजे भैरहवा उडान भरेको छ । सिमराका लागि बिहान ८ः३० बजेको उडान तालिका रहेपनि आज उडान भएन ।
पोखराका लागि रु दुई हजार ५५०।–, भैरहवा रु तीन हजार २५।– र सिमराको रु दुई हजार २२५।– भाडा निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमको सिमरामा पाँच वर्षदेखि उडान हुनसकेको थिएन । पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो ।

निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज छन् । हाल तीनवटा जहाजले मात्रै उडान भर्दैआएका छन् । बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

निगमको हाल एक बोइङ र दुई एयर बस गरी तीन वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको भने दुई वाइड बडी जहाज खरिदका लागि गत सोमबार ४५ दिने बोलपत्र आह्वान गरिसकेको छ ।

वि.सं.२०७३ असोज १२ बुधवार ०७:४७ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...