Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

संविधान संशोधन आवश्यक– अध्यक्ष गच्छदार



bijay-kumar-uachadar

१२ असोज,विराटनगर। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक¬) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्तावअघि बढाउन लागेको उल्लेख गर्दै उहाँले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्नुभयो ।

पत्रकारको जिज्ञासामा अध्यक्ष गच्छदारले स्थानीय तहमा इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकाले दलहरुको सहमतिमा मात्र स्थानीय तहको सीमाङ्कन र सङ्ख्या निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकाले पनि छिटो स्थानीय तहको पुनःसंरचनाका लागि आयोग, सरकार र प्रमुख दलहरुबीच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा