Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी



१२ असोज, काठमाडौ। मध्यपहाडी ९पुष्पलाल० मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ ।

सोसम्बन्धी सम्झौतामा आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो ।

दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार ३७६ किलोमिटर दूरीमा उच्च क्षमताकोे ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण, सञ्चालन र मर्मत गर्ने उल्लेख छ ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीबीच भएको हस्ताक्षरमा सो कार्यका लागि करिब रु ४।८८ अर्ब लाग्ने अनुमान छ ।

सञ्चार सचिव थपलियाले समयमै काम सम्पन्न गर्न शुभकामना दिँदै बोर्ड ब्याङ्क सञ्जाल स्थापना गर्न सो सम्झौता कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ३२ जिल्ला सो कार्यले बोर्ड ब्याङ्क कनेक्टिभिटी विस्तारका साथै सेवाका मूल्यमा कमी हुने अपेक्षा व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ