back
CTIZAN AD

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०७३ असोज १२ बुधवार

1.2K 

shares

१२ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्मा सांसदहरुले आजको बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद अईन्द्रसुन्दर नेम्वाङले बेर्सेनि विषालु च्याउ खाएर सर्वसाधारणको ज्यान गइरहेकोले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने तथा यसको दीर्घकालीन समाधानको उपायको खोजी गर्नुपर्ने बताउनुभयो ।

सांसद अञ्जली श्रेष्ठले पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै गएको सम्बन्धमा पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अञ्जना चौधरीले पश्चिम तराईमा बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सरकारी पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसद अनिता देवकोटाले निरङ्कुश शासक झै नेपाली भाषामा हस्तक्षेप भएको र यसले भाषाका क्षेत्रमा अराजकता र अन्यौलता सिर्जना भएको बताउनुभयो ।

सांसद अनुराधा थापामगरले राजधानीका सडकका दुर्दसाले जनताले सास्ती खेप्नुपरेको भन्दै सडक सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आनन्दी पन्तले टीकापुर घट्नाका बारेमा अपराधीलाई कारबाहीको सट्टा सफाइ दिने कार्यको विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गर्नुभयो ।

सांसद आशा यादवले बाढीबाट पूर्वी तराईको सिमानामा हजाराँै बिगाहा जमिन कटानमा परेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कमलाकुमारी घिमिरेले सरकारको सूचीमा नपरेका भूकम्पपीडितले सरकारी सुविधा पाउन नसकेको गुनासो गर्दै तत्काल छानबिन गरी यसको समाधान गर्न आग्रह गर्नुभयो ।

सांसद कलसादेवी महराले कञ्चनपुरमा एक हुल जङ्गली हात्तीको बथानले धानबाली नष्ट गरेकोप्रति सरकारको ध्यानकर्षण गराउनुभयो ।

सांसद काशीनाथ अधिकारीले कुनै पनि घट्नाका बारेमा सरकारले आयोग बनाउने र ती आयोगले दिएको प्रतिवेदनको कार्यान्वयनमा बेवास्ता गर्ने भएकाले कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको बताउनुभयो ।

सांसद केदारप्रसाद सन्ज्यालले दैनिकजसो हुने सडक दुर्घटनाका कारणको खोजी गरी यसको न्यूनीकरणका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद केशरी घर्तीमगरले चाडवाडका क्रममा बढ्दै गएको दुर्घटनाका बारेमा सरकारसँग उचित व्यवस्थापन गर्न माग गर्नुभयो

सांसद कौसर साहले सार्वजनिक यातायातमा महिला बढी पीडित हुने भएकाले त्यसतर्फ ठोस कदम चाल्न सरकारसंग आग्रह गर्नभयो । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०८:३३ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...