Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



१२ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्मा सांसदहरुले आजको बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद अईन्द्रसुन्दर नेम्वाङले बेर्सेनि विषालु च्याउ खाएर सर्वसाधारणको ज्यान गइरहेकोले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने तथा यसको दीर्घकालीन समाधानको उपायको खोजी गर्नुपर्ने बताउनुभयो ।

सांसद अञ्जली श्रेष्ठले पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै गएको सम्बन्धमा पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अञ्जना चौधरीले पश्चिम तराईमा बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सरकारी पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसद अनिता देवकोटाले निरङ्कुश शासक झै नेपाली भाषामा हस्तक्षेप भएको र यसले भाषाका क्षेत्रमा अराजकता र अन्यौलता सिर्जना भएको बताउनुभयो ।

सांसद अनुराधा थापामगरले राजधानीका सडकका दुर्दसाले जनताले सास्ती खेप्नुपरेको भन्दै सडक सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आनन्दी पन्तले टीकापुर घट्नाका बारेमा अपराधीलाई कारबाहीको सट्टा सफाइ दिने कार्यको विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गर्नुभयो ।

सांसद आशा यादवले बाढीबाट पूर्वी तराईको सिमानामा हजाराँै बिगाहा जमिन कटानमा परेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कमलाकुमारी घिमिरेले सरकारको सूचीमा नपरेका भूकम्पपीडितले सरकारी सुविधा पाउन नसकेको गुनासो गर्दै तत्काल छानबिन गरी यसको समाधान गर्न आग्रह गर्नुभयो ।

सांसद कलसादेवी महराले कञ्चनपुरमा एक हुल जङ्गली हात्तीको बथानले धानबाली नष्ट गरेकोप्रति सरकारको ध्यानकर्षण गराउनुभयो ।

सांसद काशीनाथ अधिकारीले कुनै पनि घट्नाका बारेमा सरकारले आयोग बनाउने र ती आयोगले दिएको प्रतिवेदनको कार्यान्वयनमा बेवास्ता गर्ने भएकाले कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको बताउनुभयो ।

सांसद केदारप्रसाद सन्ज्यालले दैनिकजसो हुने सडक दुर्घटनाका कारणको खोजी गरी यसको न्यूनीकरणका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद केशरी घर्तीमगरले चाडवाडका क्रममा बढ्दै गएको दुर्घटनाका बारेमा सरकारसँग उचित व्यवस्थापन गर्न माग गर्नुभयो

सांसद कौसर साहले सार्वजनिक यातायातमा महिला बढी पीडित हुने भएकाले त्यसतर्फ ठोस कदम चाल्न सरकारसंग आग्रह गर्नभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम