२८ बैशाख, काठमाडौं । पर्यटर्न बोर्ड क्यानडाले पर्यटन क्षेत्रमा कलम चलाउदै आएकी पत्रकार लक्ष्मी केसीलाइ सम्मान गर्ने भएको छ ।
२०१३ देखी उत्तर अमेरिकामा पर्यटन प्रर्वद्धन गर्ने कार्य सूरु भए लगतै नेपालमा बसेर क्यानडा तथा अमेरिकामा भईरहेको पर्यटन प्रर्वद्धनको बिषयमा आफ्नो कलम चलाएर सहयोग गरेको भन्दै पत्रकार लक्ष्मी के सीलाई सम्मान गरिने भएको हो ।
लामो समय देखी नेपाल पर्यटन बोर्ड क्यानडाले गरेका गतिबिधिहरु समाचारका माध्यममार्फत जनतालाई सु–सुचित गराउँदै आएकी केसीलाई सम्मान गर्न पाउँदा खुसी लागेको नेपाल पर्यटन बोर्ड क्यानडाले जनाएको छ ।
बोर्डले आगामी दिनमा विदेशमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने क्रममा निरन्तर सहयोग मिल्नेछ भन्दै अग्रिम शुभकामना समेत व्यक्त गरिएको छ ।

बोर्डले २०१४ मा पनि क्यानडामा बस्दै आएकी भावना भण्डारीलाई ढुवानी क्षेत्रमा पहिलो ट्रक चलाउने नेपाली महिला भनि नेपाल पर्यटन बोर्ड क्यानडाले सम्मान गरेको थियो ।
त्यसको लगतै, २०१६ मा नेपालको महिला तथा वालवालिकाको स्वास्थ्यको बिषयमा शसक्त भुमिका निभाएको भन्दै गंगा खड्कालाई स्वास्थ्य द्रतमा नियुक्त गरी, उनलाई एनआरएनए क्यानडाले आर्थिक सहयोग समेत गरेको थियो । जसको फलस्वरूप सुरक्षित महिनावारी दिवसको रुपमा सरकारले मे २८ लाई स्विकृत दिएको छ ।

वि.सं.२०७५ वैशाख २८ शुक्रवार १६:३७ मा प्रकाशित





























