back
CTIZAN AD

उत्तरमध्यमा र भाषा प्रशिक्षण कक्षा सञ्चालनको माग

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

927 

shares

२८ वैशाख, काठमाडौँ । पूर्व जानकारी बिना नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा (प्रविणता प्रमाणपत्र तह) र भाषा प्रशिक्षण कक्षाको भर्ना बन्द गरेपछि प्राध्यापक एवं विद्यार्थीले यसलाई तत्काल सञ्चालनको माग गरेका छन् ।

प्रत्येक वर्ष वैशाख पहिलो साता साधारण विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएर बसेका विद्यार्थीका लागि संस्कृत भाषा प्रशिक्षण शुरु हुन्थ्यो । यस वर्ष पूर्व जानकारी बिना भाषा प्रशिक्षण भएन । उत्तरमध्यमाको भर्ना पनि नखुलेपछि पुनःसञ्चालनको माग भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह हटे पनि संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटेको थिएन । संस्कृतमा दश जोड दुईको पाठ्यक्रम तयार नभएको भन्दै विश्वविद्यालयले उत्तरमध्यमा तहको पठनपाठन गर्दै आएको थियो ।

वाल्मीकि विद्यापीठका विभागीय प्रमुखको आजको भेलाले तत्काल उत्तरमध्यमा र भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न विश्वविद्यालय प्रशासनसमक्ष माग गरेको छ । संस्कृतमा विद्यार्थीको स्रोत नै उत्तरमध्यमा भएकाले यो तहको पठनपाठन बन्द गर्न नहुने प्राध्यापकको माग छ ।

गृहकार्य बिना दुवै तहको कक्षा स्थगन गरिएकामा प्राध्यापकले नेसंवि योजना, अवधारणा निर्माण समिति नै गठन गरेर संस्कृत शिक्षाको दीर्घकालीन योजना निर्माणको अभियान शुरु गरेका छन् ।

पाँच सदस्यीय समितिको संयोजकमा प्रा डा भोजराज पन्त, सदस्यहरुमा प्रा डा जीवन अधिकारी, प्रा डा मोहनप्रसाद पोखरेल, सप्रा डा माधवप्रसाद पाण्डेय र सदस्य सचिवमा उप प्रा। डा प्रेमराज न्यौपाने छन् ।

विश्वविद्यालयको विकासका लागि दश वर्षे योजना निर्माण गर्न समिति गठन गरिएको हो । संस्कृत शिक्षालाई नयाँ ढङ्गले पठनपाठन गराउन नीति निर्माण गरिने सदस्य सचिव न्यौपानेले जानकारी दिए ।

वि.सं.२०७५ वैशाख २८ शुक्रवार १६:२२ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...