back
CTIZAN AD

बेँसीसहरका  चोक-चोकमा रगत परीक्षण

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

744 

shares

blood-test

२८ वैशाख, बेँसीशहर, लमजुङ । लमजुङको जिल्ला सामुदायिक अस्पतालमा रगत अभाव हुन थालेपछि सम्भावित रक्तदाताको रगत समूहको निःशुल्क परीक्षण गरीएको छ ।

विभिन्न युवाक्लब तथा संस्थासँग सहकार्य गरी बेँसीशहरका चोकचोकमा उत्प्रेरणासहित रक्त समूहको निःशुल्क परीक्षण गरिएको हो ।
रक्त समूह परीक्षण गरिएका सम्भावित रक्तदाताहरुलाई अस्पतालमा आवश्यक परेको बेला सम्पर्क गरी रगतको परिपूर्ति गर्ने अस्पतालका प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र भए पनि उचित प्रयोग हुन नसकेपछि ताजा रक्तदान गर्ने रक्तदातालाई सम्पर्कमा राख्न यस्तो कार्यक्रम गरिएको हो ।

“अस्पतालमा रक्त संकलन केन्द्र छ”, श्रेष्ठले भने “तर हामीले ताजा रगतका लागि आवश्यक परेको जुनसुकै बेला पनि रगत दिनसक्ने रक्तदातालाई सम्पर्कमा राखेका छौँ ।”

बँेसीशहरको त्रिवेणी टोल, भीमसेनस्थान चोक र शेरा चोकमा छुट्टाछुट्टै शिविर गरी रगत समूह परीक्षण गरिएको थियो । जिल्लामा रगत आवश्यक परेका बेला सम्पर्क गर्न सकिने गरी उनीहरुको नाम ठेगाना र फोन नम्बर राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले रेडक्रस लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ, मस्र्याङ्दी युवा क्लब, त्रिवेणी युवा क्लब, बेँसीशहर युथ सोसाइटीलगायतका समूहसँग सहकार्य गरी कार्यक्रम गरेको हो ।

जिल्लामा प्रभावकारी रक्तसञ्चार केन्द्र नभएको र ताजा रक्तदाता अभाव हुँदै गएपछि विभिन्न निकायसँग समन्वय गरी कार्यक्रम गरिएको अस्पतालले जनाएको छ ।

वि.सं.२०७५ वैशाख २८ शुक्रवार १५:२५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...