back
CTIZAN AD

म आइमाई होइन

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

840 

shares

कादम्बरी

युगपुरुषकी आस्था हुँ म
नामर्दकी रखौटी होइन ।
किन खोज्छौ ?
मेरो आकाशको उज्यालो खोस्न ?
किन चाहान्छौ ?
मेरो मनको आवाज अचेट्न
सक्छौ !
मेरो अस्तित्वको जतन गर
सक्दैनौ !
नबोल धावा अस्मितामा
जलाइदिन्छु
म आइमाई होइन
मान्छे हुँ मान्छे
एक आगो मान्छे ।

तिमीले बोले नेतृत्वकला
मैले बोले अराजकता !
तिमीले हाँसे सभ्यता
मैले हासे उश्रृङ्खलता !
अरे !
भानुभक्तका कस्ता भक्त तिमी
च्यातेर रामायण
बधुशिक्षा पो च्यापेर हिँड्छौ
अह ! पत्याउँदिन तिम्रो ज्ञानको क्षितिज
साँघुरो छ, निस्सासिन्छु ।
पछ्याउँदिन तिम्रो नैतिकता
अभद्र छ, अत्तालिन्छु ।
सम्हालियौ भने माफी दिन्छु
सिमा मेट्यौ भने सल्काइदिन्छु
म आइमाई होइन
मान्छे हुँ मान्छे
एक आगो मान्छे ।

म चुप छु मतलब सहेको होइन
तिम्रो कठपुतली भएको होइन
के तिमीले मात्रै हाँक्ने हो समय ?
उदण्डताको सिंहासनमा किन यति मदमत्त छौ ?
सिसामहलको भुलभुलैयामा फस्ने
आम योद्धा म पनि होइन
साथ दियौ भने शक्ति दिन्छु
स्वाभिमानमा टेक्यौ भने
खरानी बनाइदिन्छु
म आइमाई होइन
मान्छे हुँ मान्छे
एक आगो मान्छे ।

इति

वि.सं.२०७५ वैशाख २८ शुक्रवार ११:१२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...