नेपालका एक मात्र अन्तराष्ट्रीय नेपाली मोटर साइकिल रेसर बिक्रम थापा ले जापानको टोकियो सहरमा १९८१ देखि आयोजना गर्दै आएको TK Rental Bike Series Race २०१८ को राउण्ड १ को फ़ाइनल प्रतियोगितामा जापानी भुमिमा सम्पुर्ण जापानी रेसरहरूलाइ पछि पार्दै यो बर्ष २०१८ को राउण्ड १ मा प्रथम भइ स्वर्ण पदक प्राप्त गरि नेपाललाइ स्वर्णिम अक्षरमा संन्सार भरि चिनाउन सफल भएका छन । भने दोस्रो चरणमा तेस्रो स्थानमा आफूलाई पिमित गरेका छन् । सन्सारमै अति महगो र खतरनाक मानिने यो मोटर साइकिल रेसमाआफ्नै साधन र स्रोत बाट बिगत ४ बर्ष देखि लगातार नेपाली झण्डा फहराउदै संन्सार भरि नेपालको नाम उज्जवल गर्दै हिडेका नेपाली रेसर बिक्रम थापाले आफनो मेहनत र लगन सिलताका कारण यो पटक जापानीहरूलाइ उनिहरूकै भुमिमा सम्पुर्ण जापानी रेसरहरूलाइ पछि पार्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । यसअघि पनि उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियिोगिताहरुमा भाग लिएका छन् ।
रेसर बिक्रम थापा आफ्नै साधन र स्रोत ले यो स्थान सम्म पुग्न सफल भएका हुन् । व्यक्तिगत खर्चमा चुनौतीपूर्ण खेलबाट देशको सान राख्ने काम गरेको भएपनि देशले यस्ता प्रतिभालाई चिन्न नसकेको गुनासो गर्छन् विक्रम थापाका बाबु कपिलदेव थापा । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य समेत रहेका थापा प्रश्न गर्छन्“खेलाडी राष्ट्रका गहना र सम्पतिहुन ,यिनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राष्ट्रलाइ संन्सार भरिनै चिनाउने काम गरेका हुन्छन, तर राष्ट्रले यी खेलाडी लाइ चिन्ने र देशमा यो खेल सम्बन्धि सहयोगको पहल सुरू गर्ने कहिले होला ? । छोराको चाहना पुरा गर्न आफैले खर्च जुटाइरहेका छन् । यदि देशले सहयोग गर्न सके आगामी दिन छोराले मोटरसाइकल रेसरका रुपमा देशको नाम अझ उँचो बनाउन सक्ने भनाई व्यक्त गर्दछन् थापा । नेपालको एकमात्र अन्तर्राष्ट्रिय मोटरसाइकल रेसर विक्रम थापासँग गरिएको कुराकानी :
पहिलो चरणमा पहिलो र दोस्रो चरणमा तेस्रो बन्नु भएको छ, कस्तो लागेको छ ?
निकै ख़ुशी छु । मेहनत गरेको फल आइरहेको लगिरहेको छ । तर लक्ष्य सम्म पुग्नका लागि अझै धेरै मेहने गर्नु पर्नेछ ।
यो रेसको प्रतियोगिता कति चरणसम्मको हुन्छ ?
यो १ बर्षमा ६ राउण्ड को हुन्छ जसमा यो वर्ष २ राउण्ड सकिसकेको छ ।
मोटरसाइकल कहिलेबाट चलाउन थाल्नु भयो ?
सानै देखी क्लास ४ मा पढ्दा नै पहिलो पटक मोटरसाइलक चलाएको थिएँ ।
यति चुनौतीपूर्ण काम किन रोज्नु भयो ?
सानैदेखी मोटरसाइकलमा रुचि थियो । एउटा रियल रेयस ट्रैकमा मोटरसाइकलको सबै स्थिति बुझेर आफ़नो सिप प्रयोग गर्न पाउँदा निकै ख़ुशी लाग्छ, त्यसैले यो चुनौती रोज़ेको हुँ।
रेसर बन्छु भन्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
सानैदेखी मलाई जे मा प्यासन थियो मैले त्याहि प्रोफ़ेसन रोज़े । मेरो बाल्यकाल नै मेरो प्रेरणा हो, भनुम।
तपाईले चलाउने बाइक कति रकमको हुन्छ ?
मैले रेएसमाँ चलाउने मोटरसाइकल रेसिंग कम्पनीहरूले मात्रै ख़रीद गर्न मिल्छ। एकदमै महँगो हुन्छ ।
रेसर बन्न परिवारबाट स्वीकृति पाउन कत्तिको सहज भयो ?
गाह्रो त भयो तर मलाई रोक्नु चाही हुन्न ।
परिवारबाट कस्तो सहयोग पाउनु भएको छ ?
मेरो सबै परिवारको सहयोगबाटै यहाँ सम्म आएको हुँ ।
रेसर बन्न कत्तिको गाह्रो छ ?
प्रोफ़ेशनल रेसिंग सोचेको भन्दा पनि एक्दमै चुनौतीपूर्ण हुन्छ तर मेहनत र आत्मबल बलियो बनायो भने जस्तो सुकै चुनौती पनि अँगाल्न सकिन्छ जस्तो लाग्छ मलाई मलाई ।
मेहनत र धैर्यता कत्तिको आवश्यक छ रेसर बन्न कि मुड बनाए पुग्छ ?
मूड भएर रेसर हूनी भए मैले यति संघर्ष गर्नु पर्दैनथ्यो । रेसरका लागी चाहिने दिमाग़, शरीर र भावना सबैको ब्यालेन्स मिलाउनु पर्दछ । केवल मूड पर्याप्त हुँदैन ।
रेसर बन्ने क्रममा यहाँको कुनै दुखद् क्षण छ ?
प्रोफ़ेशनल रेसर बन्ने क्रममा धेरै पटक दुःख भोग्नु पर्यो । तर शारीरिक रुपमा मैले भोगेको दुःख भन्दा पनि आफ़नो देशबाट अपेक्षा गरेको सहारा र सपोर्ट नपाउँदा बढी दुःख लाग्छ।
रेसर सोख की यसैलाई पेशा बनाउनु हुन्छ ?
मेरो रेसिंग यात्रा बारे रिसर्च गर्नुभएको छ भने मेरो दुख र चुनौतीहरूलाई सोखको नाम दिन सकनु हुन्न।
आउँदा दिनमा यहाँको योजना के छ ?
मलाई अझै एक्स्पर्ट लेवल रेसहरूको प्रस्ताब आएको छ । ती प्रतियोगिताहरुमा प्रथम भएर देशको इज्जत राख्ने चाहना छ । त्यस्का लागि देशको सपोर्टको आवश्यकता छ ।

रेसर बन्न खोज्ने र रेसर बन्न डराइरहेकाहरुलाई के भन्न चाहनु हुन्छ ?
रेसिंग फ़ील्ड्मा सबै भन्दा पहिलो चरण नै डरलाई कंट्रोल गर्नु हो। बर्तमानमा नेपालमा प्रोफ़ेशनल रेसिंगको बैक्ग्राउंड नै नभएको कारण गाह्रो छ तर आउट अव द बक्स हेर्नु ज़रूरी छ। आँट गर्नुपर्यो। आफ्नो बजेट र क्षमता हेरेर उचित रेस ट्रैक र ट्रेनिंग हुने ठाउँमा ट्रेन गरे धेरै सिकिन्छ।
थप के भन्न चाहनुहुन्छ ?
थुप्रै प्रतिस्पर्धाबाट धेरै कुराको सिकाइको अनुभव मैले लिएको छु । मैले व्यक्तिगत खर्चमै अहिलेसम्म खेलेँ । अब खेललाई थप व्यवसायिक बनाउन क्षमता बढाउन सक्ने बाटोहरु पहिल्याएको छु । तर यो खेल महँगो खर्चको भएकाले लगानीसमेत त्यहि स्तरमा चाहिन्छ, जसका लागि स्पोन्सरहरुसमेत आवश्यक रहेको अनुभव गरेको छु ।
वि.सं.२०७५ वैशाख २८ शुक्रवार ०८:४८ मा प्रकाशित
























