back
CTIZAN AD

१०० सीमास्तम्भ मर्मत, ३१ नयाँ थप

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

678 

shares

२८ बैशाख, धनगढी । नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ ।
संयुक्तसीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए । सीमा क्षेत्रमा पर्ने ६५९ सीमास्तम्भको रेकी कार्य (पूर्वेक्षण) गरी निर्माण र मर्मत गरिएको चार नं सीमा सर्भे टोलीका प्रमुखसमेत रहनुभएका धामीले बताए ।

कैलालीको शुरुआतको विन्दु खक्रौलास्थित ७०० नंको सीमास्तम्भदेखि कञ्चनपुरको ब्रह्मदेव नजिकको सीमाको ८११ नं सम्मका सीमास्तम्भको अवस्था भत्केबिग्रेका फेला पारेको पाइएमा तिनको निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थियो । कैलाली जिल्लाको भजनी नजीकको मारियाघाट र धनगढी उपमहानगरपालिकाको फूलबारी सीमा क्षेत्रका बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमास्तम्भ निर्माण गर्न नदिने जनाउँदै विवाद गरेपछि ती दुवै ठाउँमा निर्माण हुनुपर्ने सात सीमास्तम्भको निर्माण हुन नसकेको जनाइएको छ । विवादित क्षेत्रका सीमास्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको बताइएको छ ।

नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत धामी र भारतका तर्फबाट देहरादून नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गत मंसिरदेखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रैला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमास्तम्भको रेकी गरी निर्माण र मर्मत गरेको हो । “दुवै देशका टोलीले संयुक्त रुपमा सर्भेको काम गरेको हो”, धामीले भन्नुभयो, “मारियाघाट र फूलबारीबाहेकका क्षेत्रमा सीमास्तम्भको निर्माण मर्मतमा दुवै देशका नागरिकबाट सहयोग मिलेको थियो ।” टोलीलाई ७ नं प्रदेशका कैलाली, कञ्चनपुरबाहेक, डडेलधुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको पनि सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।

यसैबीच विहिबार भएको दुवै देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र सीमा सर्भे टोलीका प्रमुखको संयुक्त बैठकमा सीमा सर्भेसम्बन्धी कार्य प्रगतिको समीक्षा गरिएको छ ।

बैठकमा सीमा क्षेत्रमा देखिने विवाद समाधान आपसी समझदारीबाट खोज्न तथा सीमा सर्वेक्षणलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान दुवै देशका अधिकारी सहमत भएको बैठकपछि कैलालीका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट कैलाली र कञ्चनपुरका प्रअिज र प्रहरी प्रमुख तथा भारतका तर्फबाट खिरी, पिलिभित, चम्पावत र उदमसिं नगर जिल्लाका डिस्ट्रिक मजिष्टे«ट(डिएम), प्रहरी अधिकारीलगायत सहभागी थिए ।

वि.सं.२०७५ वैशाख २८ शुक्रवार ०८:३८ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...