back
CTIZAN AD

विश्व बैंकले सत्ताइस अर्बभन्दा बढी ऋण सहयोग गर्ने

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

642 

shares

२८ बैशाख, काठमाडौं । विश्व बैंकले वित्तीय तथा सार्वजनिक वित्त व्यवस्थापन विकास नीति र रानी जमरा कलरिया सिँचाइ परियोजना कार्यान्वयन गर्न रु २७ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराउने भएको छ ।world-bank

 

अर्थ मन्त्रालयमा विहिबार आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय निर्देशक चिमाओ फ्यान र अर्थ मन्त्रालयका सचिव राजन खनालले सो ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त रकमको आधाभन्दा बढी भाग बजेटरी सहायता र बाँकी रकम सिँचाइ परियोजनामा उपयोग गरिनेछ । आगामी फागुन अन्त्यसम्म उक्त सम्झौता लागू हुनेछ । रानी जमारा (दोस्रो चरण) सिँचाइ आयोजना भने आगामी पाँच वर्षसम्म जारी रहनेछ ।

हस्ताक्षर समारोहमा सचिव खनालले नेपालको सामाजिक तथा आर्थिक सहयोगमा विश्व बंैकबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार प्रकट गरे ।

देशी निर्देशक चिमाओले संघीयतामा भर्खरै प्रवेश गरेको नेपालका वित्तीय आवश्यकता पूरा गर्न बैंकले उक्त सहायता प्रदान गरेको बताए ।

वि.सं.२०७५ वैशाख २८ शुक्रवार ०८:३५ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...