back
CTIZAN AD

राष्ट्रिय महिला लिग भलिबल जेठ चौथो साता

वि.सं.२०७५ वैशाख २८ शुक्रवार

768 

shares

२८ वैशाख,काठमाडौँ  । चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल आगामी जेठ चौथो साता हुने भएको छ ।

भलिबलप्रति युवापुस्तालाई आकर्षित गर्ने लक्ष्यका साथ छ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शिवम् न्यू डायमन्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय क्लबले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुने टोलीले रु ५० हजार र चौथो हुने टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार प्राप्त गर्ने छन् । विधागततर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार पाउनेछन् ।

राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरण श्रेष्ठले संस्थाले नेपाल भलिबल संघसँगको यात्रालाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले संघलाई अप्ठ्याराका बेला राष्ट्रिय वाणिज्य बैंकले दुई वर्षका लागि रु २० लाखको प्रायोजन गरेको स्मरण गर्दै भने, “सम्झौताको म्याद यसै वर्षदेखि सकिन्छ, हामी पुनः सहकार्य गर्नेछौँ ।”

वि.सं.२०७५ वैशाख २८ शुक्रवार २१:५७ मा प्रकाशित

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...