back
CTIZAN AD

वोन्सो बंगलादेशद्वारा २०७५ को क्यालेण्डर विमोचन

वि.सं.२०७५ वैशाख २९ शनिवार

789 

shares

wonso-calendar-1

२९ वैशाख, काठमाडौँ । विभिन्न देशका विभिन्न शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुलाई संगठित गर्ने तथा उनीहरुको हकहितका लागि स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी अर्गनाइजेशन(वोन्सो) अन्तर्गत बंगलादेशमा गठन भएको वोन्सो बंगलादेश च्याप्टरले नयाँवर्ष २०७५ को क्यालेन्डर सार्वजनिक गरेको छ ।

११ मे मा ढाका विश्वविद्यालयको सर पि.जे हारटोर्ग अन्तर्राष्ट्रिय हलमा आयोजित क्यालेन्डर विमोचन तथा नवगठित केन्द्रीय कार्यसमितिलाई शुभकामना आदानप्रदान कार्यक्रमका बीच क्यालेण्डर विमोचन गरिएको हो । संगठनका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार डा राकेश साहको प्रमुख आतिथ्यता, बंगलादेशको ढाकास्थित नेपाली दूतावासका तृतीय सचिव अनिल लम्सालको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाली विद्यार्थीहरुको ठूलो उपस्थिति रहेको थियो ।

wonso-calendar-4प्रमुख  अतिथि रहेका संगठनका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार डा. राकेश साहले वोन्सोका बारेमा प्रकाश पार्दै नवगठित कार्यसमितिलाई बधाई दिएका थिए ।

wonso-calendar-3

विशेष अतिथि लम्सालले बंगलादेशमा नेपाली विद्यार्थीहरुले भोगीरहेका समस्याप्रति दूतावास गम्भीर रहेको बताउँदै सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई एकता अनि परिवर्तनको अभियानमा एकताबद्ध भई अघि बढ्न अपिल गरेका थिए ।

wonso-calendar-2वोन्सो बंगलादेशका नवनिर्वाचित संयोजक विनोदकुमार यादवले नवनिर्वाचत कार्यसमितिले बंगलादेशका विभिन्न ठाउँमा विभिन्न संकायमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्यालाई एकताबद्ध भई सामाधान, आपसी सहकार्य एवम् सद्भाव कायम गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सो बिमोचन कार्यक्रममा संगठनका पदाधिकारीहरुका साथै ढाकामा विभिन्न संकायमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उपस्थिति रहेको समितिका सहकोषाध्यक्ष अंकितकुमार महतोले जानकारी दिए ।

वि.सं.२०७५ वैशाख २९ शनिवार ०८:१६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...