back

मधेसी दलित महिलाको अर्थपूर्ण सहभागितामा जोड

वि.सं.२०७३ असोज १२ बुधवार

954 

shares

१२ असोज,जनकपुरधाम। मधेसी दलित महिलाहरूलाई राज्यको मूलधारमा ल्याउनका लागि उनीहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

दलित महिला सङ्घद्वारा अयोजित मधेसी दलित महिलाका सवाल, चुनौती र सम्भावना विषयक कार्यशालाका सहभागी आठ जिल्लाका मधेसी दलित महिलाले उक्त कुरामा जोड दिएका हुन् ।

उनीहरुले अवसरबाट वञ्चित गरिएका मधेसी दलित महिलाका लागि बहुआयामिक अवसरको सिर्जना गर्नुपर्नेे माग समेत गरेका छन् ।

बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका मधेसी दलित महिला सहभागी भएको उक्त कार्यशालाले २१ बुँदे जनकपुर घोषणा पत्र समेत जारी गरेको छ ।
घोषणा पत्रले राजनीतिमा मधेसी दलित महिलाको पहुँच बढाउन, पहिचानसहितको कलष्टरभित्र मधेसी दलित महिलाको आरक्षण, शैक्षिक विकासका लागि नयाँ शैक्षिक नीतिको निर्माण, सुरक्षित आवास र रोजगारीको सुनिश्चितताको आवश्यकता ठहर गरेको छ ।

त्यस्तै, अन्तरजातीय विवाहका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने, भूमिहीनलाई जग्गाको व्यवस्था र घरविहीनलाई घरको व्यवस्था गर्नुपर्ने, प्रसूति र सुत्केरी भएका महिलाका लागि पोषण सामग्री र निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने जारी घोषणा पत्रमा उल्लेख छ ।

मधेसी दलित महिलालाई जबर्जस्ती सिनो फाल्न लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाहीको व्यवस्था गर्नुपर्ने, बोक्सी भनी अमानवीय कार्य गर्नेलाई कारबाही हुनुपर्ने, विद्युत्, खानेपानी, दुरसञ्चार जस्ता सेवामा विशेष सहुलियत उपलब्ध गराउनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्रमा भनिएको छ – हरूवा, चरूवा प्रथाको अन्त्य, उचित ज्याला निर्धारण र घरेलु हिंसाबाट मुक्ति दिलाउन सरकारले यस सम्बन्धी अभियान नै सञ्चालन गर्नुपर्दछ ।
सो अवसरमा सांसद कमला विश्वकर्माले मधेसी दलित महिलालाई राजनीतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक अधिकार, पहुँच र प्रतिनिधित्वबाट वञ्चित गराइएको छ भन्दै मधेसी दलित उत्थानमुखी विशेष कानुनको आवश्यकता छ भन्नभयो । रासस

वि.सं.२०७३ असोज १२ बुधवार १०:१५ मा प्रकाशित

Himalayan Life AD
चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार...

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन  गृहमन्त्रीको निर्देशन

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई...