back
CTIZAN AD

तरकारी खेतीबाट मनग्य आम्दानी

वि.सं.२०७५ वैशाख ३० आइतवार

795 

shares

vegetable-farm३० वैशाख, तुलसीपुर, दाङ । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजाराँै किसान अहिले भने बगरमा गरिएको तरकारी खेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजा खेतीबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका हुन् ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा सयाँै किसानले व्यक्तिगत रुपमा र अन्यले २०० वटा समूह बनाएर अहिले बगरमा सामूहिक तरकारी खेती गरिरहेका छन् ।

राप्ती नदी आसपासका एक नगरपालिका र दुई वटा गाउँपालिकामा रहेका दुई हजार किसानले बगरखेतीबाटै एक मौसममा एकजनाले रु ८० हजारदेखि रु चार लाखसम्म आम्दानी गर्न सफल भएको बगरमा तरकारीखेती गरिरहेकी लमही नगरपालिका बलरामपुरकी प्रमिला चौधरीले बताए ।

उनका अनुसार नदीले कटान गरेर बगर बनाएको एक सय हेक्टरभन्दा बढी जमिनमा तरकारीखेती गरेर देउखुरीका विपन्न समुदायका किसानले यतिबेला राम्रो कमाइ गरिरहेका छन् । विशेष गरेर पुसदेखि जेठ महिनासम्म तरकारीखेती हुने गरेको छ ।

किसान नन्दु चौधरीले आठ वर्षअघि स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले उपलब्ध गराएको बीउ तथा मल र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा त्यहाँ किसानले बेमौसमी तरकारी भिन्डी, बोडी, लौका, फर्सी, करेला, परवर, गाजर, खरभुजाको व्यावसायिक खेती गरेको जानकारी दिए । उनका अनुसार अहिले एक दिनमै प्रतिकिसानले ७० देखि ८० किलोसम्म तरकारी बारीबाटै बिक्री गर्न गरेका छन् ।

अहिले यहाँ उत्पादन भएको तरकारी जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही, लमही, भालुबाङ नारायणपुर लगायतका बजारका साथै बुटवल, नेपालगञ्जमा समेत पुग्ने गरेको छ ।

वि.सं.२०७५ वैशाख ३० आइतवार १६:५७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...