back
CTIZAN AD

टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

वि.सं.२०७५ जेठ २ बुधवार

678 

shares

tokha

२ जेठ, काठमाडौँ । टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ ।

टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, वसुन्धरा, झोर महांकाल र गोँगबु क्षेत्रलाई गुरुयोजनामा समेटिएको छ बताए ।

“चण्डेश्वरीदेखि शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म पदमार्ग निर्माण गर्ने गरी गुरुयोजना पनि तयार गरेका छौँ,”–उनले बताए ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरस्वती गहनापोखरी, गणेशपोखरी र सपनतीर्थलाई संरक्षण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने कार्ययोजना समेत बनाएको छ ।
झोर महाकांलमा रहेको वौडेश्वर झरनालाई पर्यटकीय रुपमा विकास गर्न नगरपालिकाले सरकारसँग रु २५ करोड माग गर्ने भएको छ । पच्चिस हजार ५६१ घरधुरी रहेको उक्त नगरपालिकाको जनसंख्या झण्डै एक लाख छ ।

टोखालाई नमूना नगरपालिका बनाउन आर्थिक वर्ष २०७५÷७६ मा प्रत्येक वडामा रु एक करोड ४० लाख बजेट विनियोजन गर्ने गरी कार्ययोजना बनाइएको छ भन्दै उपप्रमुख डंगोलले एघार वटा ११ वडा रहेको सो नगरपालिकाका लागि गत आर्थिक वर्ष रु २९ करोड ५१ लाख बजेट विनियोजन भएकामा रु १२ करोड राजश्व उठेको उनले जानकारि दिए ।

वि.सं.२०७५ जेठ २ बुधवार १५:२७ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...