back
CTIZAN AD

११औँ सिउरुङ महोत्सव हुने

वि.सं.२०७५ जेठ २ बुधवार

816 

shares

२ जेठ, बँेसीशहर, लमजुङ ।  पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवद्र्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ ।

मस्र्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ आँै सिउरुङ महोत्सव हुनेभएको हो ।

आज सदरमुकाम बँेसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिका संयोजक नन्द घलेले जानकारी दिएका छन् ।

“दैनिक आन्तरिक तथा बाह्य पर्यटक सिउरुङ हेर्नका लागि आउँछन्, पछिल्ला वर्षमा शहर झरेका पर्यटन व्यवसायी गाउँ फर्केका छन्” उनेले भने, “गाउँमा थप पर्यटक आउन सकुन भनेर महोत्सव गर्न लागेका हौँ ।”

महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीका साथै स्थानीय हस्तकलाका सामग्रीको प्रदर्शन गरिने छ । महोत्सवमा खाना महोत्सव, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ््यौरालगायत ऊन र धागोबाट निर्मित सामग्रीको प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

समुद्री सतहदेखि करीब एक हजार ८५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको घना बस्ती छ । विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।

वि.सं.२०७५ जेठ २ बुधवार १५:४१ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...