
२ जेठ, काठमाडौं ।आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष तथा नेपाली संघीय समाज पोर्चुगलका सचिव नरभुपाल राईको निधन भएको छ । छोराको छेवर ( केश काट्न) पोर्चुगलबाट नेपाल आएका राईको घर सफागर्ने क्रममा लडेर मुत्यु भएको बताइएको छ ।
नर रानाहँछा, निर्मलीडाँडा, लामाखु धरानमा रहेको आफ्नै घर सफा गर्ने क्रममा लडेर धरान अस्पतालमा उपचार गर्न लगिएको तर उपचारका क्रममा १३ मई (बैशाख ३०) का दिन मृत्यु भएको बताइएको छ ।
४५ वर्षीय राई श्रीमती र छोराका साथमा मई ३ तारिखका दिन नेपाल आएका थिए । मई १० मा छोराको छेवर कार्यक्रम सम्पन्न गरेका थिए ।
पोर्चुगलमा रेष्टुरेण्ट व्यवसाय गरेर वसेका उनको निधनले पोर्चुगलवासी नेपालीहरु मर्माहत भएको पोर्चुगलबाट गणेश लिम्बुले बताएका छन् ।
ऐक्यबद्धता प्रकाशनका शुभचिन्तक नरभुपाल राईप्रति हार्दिक श्रदान्जली अर्पण गर्दछौं । सम्पादक
वि.सं.२०७५ जेठ २ बुधवार १६:१८ मा प्रकाशित






























