back
CTIZAN AD

त्रिवि कर्मचारीको हकमा २५ बुँदे मागपत्र पेश

वि.सं.२०७५ जेठ २ बुधवार

714 

shares

२ जेठ, काठमाडौँ । त्रिभूवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनले आज विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष त्यहाँ कार्यरत कर्मचारीको हकमा २५ बुँदे मागपत्र प्रस्तुत गरेको छ ।

मागपत्र पेश गरेपपछि संगठनका अध्यक्ष हेमराज न्यौपानेले विश्वविद्यालयको सुधार र गुणस्तरीयता कायम नरहेसम्म कर्मचारीको सेवा सुरक्षा र अभिवृद्धिको अवसर नमिल्ने बताउँदै त्रिविको समग्र सुधार र कर्मचारीको सेवा सुरक्षा र अवसरको सवालमा त्रिविका सबै पदाधिकारीको प्रतिबद्धता खोजेको बताए ।

ज्यालादारी, करार र अस्थायी सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको संख्या यकिन गरी सोहि बराबर विज्ञापन गरेर उनीहरुलाई स्थायी गर्न, खुला विज्ञापन गरी पदपूर्ति गर्न, सेवा ठेक्कामा लिने व्यवस्था अन्त्य गर्न, श्रम ऐनअनुसार संगठित हुने अधिकार सुनिश्चित गर्न, स्वास्थ्य उपचार कोषसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न, नर्सिङ एंव प्राविधिक कर्मचारीको सेवा सुरक्षा र पदोन्नति तथा प्राविधिक भत्ता व्यवस्था गर्न, त्रिविका सम्पूर्ण क्याम्पस, कार्यालयको क्षमता वृद्धि गर्न, सेवा प्रवेश र सेवाकालीन तालीमको व्यवस्था गर्न, सेवा आयोगको पाठ्यक्रम, कार्यविधिलगायत समयसापेक्ष परिमार्जन गर्न तथा नियमानुसार सरुवाको व्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी त्रिवि प्रशासनलाई मर्यादित बनाउन, महाशाखा प्रमुखहरुबाट त्रिवि सभामा प्रतिनिधित्व गराउन, नियम विपरीत पदाधिकारी नियुक्ति खारेज गर्न, प्रशासनिक पदहरुमा शिक्षकबाट नियुक्तिको प्रक्रिया रोक्न, अनावश्यक पद सिर्जना गरी आर्थिक भार बढ्न नदिन, रजिष्ट्रार कर्मचारीमध्येबाट नियुक्त गर्न, राजनीतिक भागबण्डा तुरुन्त रोक्न, भौतिक सम्पत्तिको यथार्थ विवरण अद्यावधिक गर्न तथा त्रिवि र अन्य विश्वविद्यालयको सम्पत्ति विवाद अन्त्य गर्न संगठनले माग गरिएको छ ।

मागपत्र बुझ्दै उपकुलपति खनियाँले कर्मचारीका मागका बारेमा पदाधिकारीबीच छलफल गर्ने र चाँडै प्रतिनिधिमूलक सहभागितामा सबै कर्मचारी संघ–संगठनसँग बसेर समस्या समाधान गर्ने बारेमा कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मागपत्रको बोधार्थ त्रिवि सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रार, त्रिवि कर्मचारी संघलगायत अन्य वर्गीय कर्मचारी संघ–संगठनलाई पनि दिइएको छ ।

वि.सं.२०७५ जेठ २ बुधवार १६:४१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...